नेभिगेशन
नेपाल प्रहरी

एसएसपीको बढुवामा अटाएनन सबैभन्दा सिनियर ब्याचका एसपी

व्यापक राजनीतिक चलखेल भएको आरोप

काठमाडौं । नेपाल प्रहरीका २५ जना प्रहरी उपरीक्षक (एसपी) प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा सिफारिस हुँदा प्रहरीकै सबैभन्दा सिनियर ब्याचका तीन एसपी बढुवा हुनबाट बन्चित भएका छन् ।

नेपाल प्रहरी प्रधान कार्यालयले जारी गरेको नेपाल प्रहरीका २५ जना एसपी एसएसपीमा बढुवा सिफारिस हुँदा व्यापक राजनीतिक चलखेल गरिएको छ। बढुवा सिफारिसमा सिनियर र अब्बल प्रहरी अधिकृतहरुलाई पछि पार्ने र भेगीय क्षेत्रीयताको आधारमा बढुवा सिफारिस भएको आरोप लागेको छ।

सिफारिसमा सबैभन्दा सिनियर ब्याचका एसपीहरु बढुवा सूचीमा नपर्दा प्रहरी वृत्तमा निकै चर्चाको विषय बन्न पुगेको छ। नेपाल प्रहरीको खुला प्रतिस्पर्धाबाट वि.सं. २०५६ मा प्रहरी निरीक्षकमा भर्ना भएका हालका (एसपी) गोविन्द अधिकारी, विनोद सिलवाल र विमल राज कँडेल एसएसपी बढुवा सिफारिस हुँदा सोही ब्याचका एसपी तुलबहादुर कार्की, राकेश सिंह र राजीव बहादुर बस्नेत बढुवाको स्वाभाविक पहिलो दाबेदार हुँदाहुँदै एसएसपीको बढुवाबाट बन्चित भएका छन् ।

वि.सं. २०५६ मा भर्ना भएर २०५८ सालकै जुनियरसँग २०७५ फागुन ३ गते  पहिलो लटको एसपीमा बढुवा भएका  रमेश थापा, अजय केसी, अनुपम शम्शेर जबरा, वीरबहादुर बुढा, नवराज अधिकारी,कृष्ण प्रसाद कोइराला, कृष्ण प्रसाद पंगेनी, श्याम कुमार महतो, रन्जु सिग्देल, जनार्दन जिसी, सन्तोष खड्कासँगै २०५६ का टोलीका एसपीमा बढुवा भएका अधिकारी, सिलवाल र कँडेल यसपटक उनीहरुसँगै एसएसपीका लागि सिफारिस भएका छन् ।

तर,   ०५६ मै भर्ना भएर ०७७ बैशाख १७ गते २०५८ कै ब्याजसँग दोस्रो लटमा एसपीमा बढुवा भएकाहरु अहिले  एसएसपीमा बढुवा सिफारिसको सूचीमा पर्न सकेनन। २०५८ कै ब्याचबाट दोस्रो लटमा एसपीमा बढुवा भएका होमिन्द्र बोगटी , शिव कुमार श्रेष्ठ ,प्रकाश मल्ल,  बेद बिष्ट,  सन्तोष कुमार भट्टराई,शान्तिराज कोइराला, राजेन्द्र प्रसाद धमला, सन्तोष सिंह राठौर, महेन्द्र खड्का र प्रमु प्रसाद ढकाल र संजय सिंह थापा एसएसपीमा बढुवा सिफारिस हुँदा २०५६ कै ब्याजका कार्की, सिंह र बस्नेत सिफारिसको सूचीमा अटाँउन सकेनन् ।

सबैभन्दा सिनियर टोली हुँदा सम्म दोस्रो लटमा बढुवा भएका २०५८ को टोली बढुवा सूचीमा पर्ने बेला उनीहरु सिफारिसमा नपर्नुमा ठुलो राजनीतिक चलखेल भएको प्रष्ट देखिएको छ।  

२०५८ कै ब्याज भएर पहिलो लटमा एसपीमा बढुवा भएका प्रकाश रानाभाट र कमल थापा पनि बढुवा सूचीमा पर्न सकेनन् । हुनत थापामाथि भैंसेपाटी घटना जोडिएका कारण पनि उनी बढुवा सूचीमा नपर्नु कुनै नौलो कुरा भए होइन । तर, ०५६ कै ब्याज ०५८ कै टोलीसँग २०७७ बैशाख १७ गते बढुवा भएका सिनियर ब्याज नै बढुवा सिफारिस नहुनुमा ठुलै चलखेल र शक्तिकेन्द्रको आशिर्वाद भएको स्पस्ट देखिन्छ। 

हाल जिल्ला प्रहरी बाँकेमा कार्यरत एसपी कार्की  हालसम्मकै बाँकेमा कार्य गरिसकेका एसपीहरुमध्येकै उत्कृष्ट कार्य गरेका एसपीहरुमा  पर्दछन। कार्की ०५६ दोस्रो लटमा बढुवा भएका सबैभन्दा सिनियर अधिकृत हुन् ।

सबैभन्दा सिनियर हुँदाहुँदै उनी एसएसपीमा बढुवा नपर्दा कतै आभुषण तिमिल्सिनाकै अवस्था आउने त हैन भने प्रश्न खडा भएको छ। आभुषण तिमिल्सिना पनि २०५६ कै ब्याज थिए भने उनी सिनियर हुँदाहुँदै बढुवा सिफारिसमा नपरेपछि राजीनामा दिएका थिए।

२०५८ मा भर्ना भएर दोस्रो लटमा बढुवा भएका दीपक पोखरेल, केदार खनाल, ज्ञानेन्द्र प्रसाद फुयाँल, दीपेन्द्र शाही, राम प्रकाश शाह, प्रवीण धिताल, दयानिधि ज्ञवाली पनि एसएसपी बढुवाको सिफारिसमा पर्न सकेनन् ।

अहिलेको बढुवा सिफारिसमा कांग्रेस निकट भनेर चिनिएका तर कार्यसम्पादन मूल्यांकनमा सधैं पछि पारिएकाहरु अघि अघि आएका हुन्। १५ नम्बरमा रहेका अजय केसीलाई २ नम्बर १७ नम्बरमा रहेका बीरबहादुर बुढालाई ४ नम्बरमा र १६ नम्बरमा नवराज अधिकारीलाई ५ नम्बरमा ल्याइएर एसएसपी बढुवा सिफारिस गरिएको हो।

उनीहरु ३ जना सुदुरपश्चिम घर भएका र कांग्रेस निकट नेताहरुको सम्बन्ध भएका प्रहरी अधिकृत भएकै कारण अघि ल्याइएको आरोप लागेको छ। हाल वरियताको २ नम्बरमा रहेका र अनुसन्धानमा अब्बल अधिकृत कृष्ण कोइरालालाई ६ नम्बरमा पारिएको छ।

त्यसैगरी ३८ नम्बरमा रहेका राजेन्द्र धमलालाई २० नम्बरमा बढुवा गरिएको छ। यसैगरी प्रभु ढकाललाई पनि अघि ल्याइएको छ। सन्तोष खड्का, जनार्दन जीसी र रन्जु सिग्देललाई पनि बढुवामा पछि पारिएको छ।

उनीहरु आफ्नो व्याचमा नेपाल प्रहरीभित्र काविल र विवाद नआएका अधिकृत हुन्। दीपक पोखरेललाई भने छुटाएर धमलालाई अघि तानिएको छ।

सिनियरलाई पछि पार्दै सबैभन्दा तल रहेका एसपीहरुलाई बढुवा सिफारिस गर्नुमा पक्कैपनि ठुलै चलखेल भएको बताइएको छ।

 

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्