नेपालगन्ज । बाँकेका विभिन्न स्थानमा केहि दिनदेखि मोटरसाइकल दुर्घटनाको संख्या वृद्धि हुँदै गर्दा जिल्ला ट्राफिक प्रहरीले बाँकेले चालकलाई सचेत भएर सवारी चलाउन आग्रह गरेको छ।
अत्यधिक गतिका कारण मोटरसाइकल दुर्घटनामा मृत्युुको संख्या बढेपछि ट्राफिक प्रहरीले मोटरसाइकल चालकलाई दुर्घटनाबाट जोगिन आग्रह ध्यानपूर्वक सवारी चलाउन अनुरोध गरेको हो।
यस्ता छन् बाँके ट्राफिक प्रहरीको मोटरसाइकल चालकलाई गरेको अनुरोध ।
१. मादक पदार्थ र लागुपदार्थ (मापसे- लापसे) सेवन गरेर सवारी साधन नचलाउने ।
२. सिट क्षमता भन्दा बढी मानिस राखेर सवारी साधन नचलाउने ।
३. हेलमेट तथा हेलमेटको फित्ता राम्रो सँग लगाउने ।
४. चालक अनुमति पत्र प्राप्त नगरेकाहरूलाई सवारी धनिले आफ्नो सवारी साधन नदिने ।
५.चालक अनुमति प्राप्त नगरेका व्यक्तिहरूले सवारी साधन नचलाउने ।
६. लापरवाहीका साथ तीब्र गतिमा सवारी साधन नचलाउने।
७. आफु यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पुर्व जानकारी लिने ।
८. रातको समयमा सडकमा छाडा चौपायाहरू हुन सक्छन् भन्ने हेक्का राखेर सवारी चलाउने ।
९. सडकमा राखिएका सडक संकेत चिन्हहरू हेरेर सवारी चलाउने ।
१०. बाटो काट्ने व्यक्तिहरूलाई पहिलो प्राथमिकता दिने ।
११. सवारी साधन चलाउनु अघि सवारी साधनको अवस्था ठिक छ छैन चेकजाँच गरेर मात्र सवारी चलाउने।
१२. हतारमा सवारी नचलाउने ।
१३. जथाभावी ओभरटेक नगर्ने ।
१४. तोकिएको निश्चित स्थानमा मात्र सवारी रोक्ने तथा पार्किङ गर्ने ।
१५.ब्रेकिङ डिस्टेन्स (सिमित दूरी) राखेर मात्र सवारी चलाउने ।
१६. सवारी चलाउँदा मोवाईल फोनमा कुराकानी नगर्ने ।
१७. अन्य सवारी साधनसँग प्रतिस्पर्धा गरेर सवारी नचलाउने ।
१८. मोडिफाइ गरेर सवारी साधन नचलाउने।
१९.सवारी साधन चलाउँदा सडकमा रहेका खाल्डाखुल्डिहरू तथा सडकको अवस्था समेतलाई ध्यान दिएर सवारी चलाउने ।
२०.सवारी दाँया वा बाँया मोड्नु परेमा साईड लाईट ( इन्डिकेटर) को सहि प्रयोग गर्ने ।
२१. बाक्लो हुस्सु लागेको समयमा हेडलाईट बालेर विस्तारै आफ्नो साईडबाट सवारी चलाउने ।
२२. रातको समयमा टल्किने कपडा लगाएर सवारी चलाउने ।