नेभिगेशन
सुरक्षा अपडेट

दुई मोटरसाइकल एकआपसमा ठोक्किँए, दुई युवकको मृत्यु,एक घाइते

काठमाडौं मोटरसाइकल दुर्घटनामा दुई युवकको मृत्यु भएको छ। कपिलवस्तुमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने एक जनाअ घाइते भएको प्रहरीले जानकारी दिएको छ।

जिल्लाको वाणगंगा नगरपालिका-११ स्थित भित्री सडकखण्डमा गएराति  साढे १० बजेतिर नेपाली र भारतीय नम्बर प्लेटका दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा ३५ वर्षीय नेहामन अली  र २७ वर्षीय रोमन थारुको मृत्यु भएको जिल्ला प्रहरी कपिलवस्तुले जनाएको छ।

कपिलवस्तु प्रहरीका अनुसार मृत्यु हुनेहतु भारतीय नम्बरको यूपी ५५ ए एच ७०९० नम्बरको मोटरसाइकलका चालक कपिलवस्तुस्थित शुद्धोदन गाउँपालिकाका ३५ वर्षीय नेहामन र लु १० प ४४९६ नम्बरको मोटरसाइकल चालक सैनामैना-४ का २७ वर्षीय रोमन रहेका छन्  ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरु दुबै जनाको उपचारका क्रममा मृत्यु भएको र अर्का घाइते २६ वर्षीयअजय थारुको उपचार हुँदै गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

प्रहरीले दिएको जानकारी अनुसार दुबै मोटरसाइकल तीब्र गतिका कारण दुर्घटना भएका हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्