नेभिगेशन
सुरक्षा अपडेट

जिल्ला प्रशासन कार्यालय मुस्ताङको क्वाटरमा आगलागी, सीडिओका गार्ड घाइते

काठमाडौं  जिल्ला प्रशासन कार्यालय मुस्ताङको क्वाटरमा आज बिहान आगलागी हुँदा एक जना घाइते भएका छन् । 

जोमसोमस्थित प्रशासन कार्यालयको पुरानो भवनमा आगलागी हुँदा प्रमुख जिल्ला अधिकारीका सुरक्षागार्ड प्रहरी हवल्दार खेमप्रसाद तिवारी घाइते भएका छन् । 

हात र औलामा आगोले पोलेर घाइते भएका तिवारीलाई उपचारका लागि पोखरा पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद सुवेदीले बताए । उनका अनुसार तिवारीको अवस्था खतरामुक्त छ । हवल्दार तिवारी सुत्ने कोठा र त्यहाँ रहेका सामग्री जलेर नष्ट भएका छन् । 

तिवारी आगलागी भएपछि झ्यालबाट हाम फालेर बाहिर निस्कएका थिए। प्रहरी, कर्मचारी र स्थानीयवासीले आगलागीलाई नियन्त्रणमा लिएका थिए।

विद्युत् चुहावटका कारण आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको सहायक प्रजिअ सुवेदीले बताए । रासस।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्