काठमाडौं । नेपाल प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित १८ जनालाई पक्राउ गरेको छ। जसअन्तर्गत प्रहरीले उनीहरुलाई पक्राउ गरेर थप अनुसन्धान सुरु गरेको जनाएको छ।
प्रहरीले झापाको बिर्तामोड नगरपालिका-५ गजुरमुखी टोलबाट ४ सय:मिलिग्राम ब्राउनसुगर सहित सोही नगरपालिका-५ बस्ने २५ वर्षीय प्रकाश राजबंशी समेत ४ जनालाई बुधबार साँझ पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी झापाको दमक नगरपालिका-६ नयाँ सब्जी लाईनबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ट्याब्लेट र स्पास्पेन २ सय ट्याब्लेट सहित सोही नगरपालिका-२ मामा चोक बस्ने २३ वर्षीय सुसन बन्जरालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको छ ।
प्रहरीले झापाकै मेचीनगर नगरपालिका-६ मेचीपुलबाट खैरो हेरोइन २ सय ७ ग्राम ८ सय ५० मिलिग्राम सहित अर्जुनधारा नगरपालिका-८ शनिश्चरे बस्ने ३५ वर्षीय अर्जुन श्रेष्ठ समेत ३ जनालाई बुधबार राति पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
प्रहरीले कञ्चनपुरको भीमदत्त नगरपालिका-४ बसपार्कबाट १ सय २० मिलिग्राम खैरो हेरोइन सहित बैतडी सिगास गाउँपालिका-३ बस्ने २६ वर्षीय जनक सिह ढाँट लाई बुधबार साँझ पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय कञ्चनपुर र अस्थायी प्रहरी बिट बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
त्यसैगरि कैलालीको धनगढी उपमहानगरपालिका-१ अदालत रोडबाट १ सय ९० मिलिग्राम ब्राउनसुगर सहित सोही उपमहानगरपालिका-१ बस्ने २५ वर्षीय किरण नेपाली र २५ वर्षीय बसन्त परियारलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
प्रहरीले सुनसरीको धरान उपमहानगरपालिका-१० पुतलीलाईनबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ हजार ५ सय ट्याब्लेट सहित सोही ठाउँ डेरा गरी बस्ने २७ वर्षीया मनिका बिक समेत २ जनालाई बुधबार राति पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले मनिकाको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।
त्यस्तै दाङको घोराही उपमहानगरपालिका-१४ बसपार्कबाट १ सय ६० मिलिग्राम ब्राउनसुगरसहित सोही उपमहानगरपालिका-१३ डुम्मरगाउँ बस्ने रोल्पा त्रिवेणी गाउँपालिका-७ घर भएका २२ वर्षीय राहुल बिकलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्क घोराहीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
प्रहरीले अछामको मंगलसेन नगरपालिका-५ मंगलसेन बजारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४२ क्याप्सुल, प्रि गाभा ८ क्याप्सुल र ईभा लेखिएको ५ क्याप्सुल सहित मंगलसेन नगरपालिका-५ बस्ने २२ वर्षीय प्रकाश बिश्वकर्मालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय अछाम र प्रहरी चौकी मंगलसेनबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
साथै सोही ठाउँ बस्ने २२ वर्षीय अर्मान परियार भन्ने अर्जुन सुनारको कोठाबाट प्रिगाब्लिन ७४ क्याप्सुल फेला पारी उनी सँगै रहेका सोही ठाउँ बस्ने २२ वर्षीय कर्ण प्रसाद ढुङ्गाना र १९ वर्षीय अर्जुन सुनार समेतलाई प्रहरीले पक्राउ गरेको हो।