नेभिगेशन
नेपाल प्रहरी

रुपन्देहीबाट विभिन्न मुद्दाका ११ जना फरार प्रतिवादी पक्राउ

रुपन्देही   जिल्ला प्रहरी कार्यालय रुपन्देहीले विभिन्न मुद्दा का  ११ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ। जिल्लाका विभिन्न स्थानमा लुकिछिपी बसिरहेको अवस्थामा बिहीबार मात्रै उनीहरुलाई पक्राउ गरिएको रुपन्देही प्रहरीले जनाएको छ। 

जसअनुसार जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले निम्नानुसारका फरार प्रतिवादीलाई पक्राउ गरेको छ-

१. मिति २०७१-१०-१५ गतेको फैसला बमोजिम सम्बन्ध बिच्छेद मुद्धामा हाल सम्म फरार रहेका फरार प्रतिवादी जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं. १ बस्ने तारादेवी राना।

२. मिति २०७४-१२-२९ गतेको फैसला बमोजिम नाता कायम मुद्धामा हाल सम्म फरार रहेका फरार प्रतिवादी जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं. ४ बस्ने बिष्णु कुमार ठाकुर।

३. मिति २०७३-०३-२९ गतेको फैसला बमोजिम विविध मुद्धामा हाल सम्म फरार रहेका फरार प्रतिवादी जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं. ४ बस्ने वसि अलि देवान ।

४. मिति २०६६-०३-२५ गतेको फैसला बमोजिम जालसाजी मुद्धामा हाल सम्म फरार रहेका फरार प्रतिवादी जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं. ५ बस्ने हेमा थापा।

५. मिति २०५०-१०-१४ गतेको फैसला बमोजिम कुटपिट/लुटपाट मुद्धामा हाल सम्म फरार रहेका फरार प्रतिवादी जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं. ६ बस्ने राजेन्द्र प्रसाद बनिया।

६. मिति २०६६-०९-२१ गतेको फैसला बमोजिम जालसाजी मुद्धामा हाल सम्म फरार रहेका फरार प्रतिवादी जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं. ५ बस्ने रुमाया गुरु।

७. मिति २०४५-०९-३० गतेको फैसला बमोजिम जारी मुद्धामा हाल सम्म फरार रहेका फरार प्रतिवादी जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं. ५ बस्ने जित वहादुर खवास ।

८. मिति २०६६-०२-२५ गतेको फैसला बमोजिम जालसाजी मुद्धामा हाल सम्म फरार रहेका फरार प्रतिवादी जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं. ५ बस्ने चम्पादेवी थापा गुरु।

इलाका प्रहरी कार्यालय लुम्बिनीले पक्राउ गरेका प्रतिवादीको विवरण-

१ मिति २०७६-१०-०८ गतेको फैसला बमोजिम नकवजनी चोरी मुद्धामा हाल सम्म फरार रहेका फरार प्रतिवादी जिल्ला रुपन्देही लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ११ बस्ने कुलचन्द्र पासी।

इलाका प्रहरी कार्यालय मर्चवार रुपन्देहीले पक्राउ गरेको विवरण-

१. मिति २०७६-०२-१९ गतेको फैसला बमोजिम सवारी ज्यान मुद्धामा हाल सम्म फरार रहेका फरार प्रतिवादी जिल्ला रुपन्देही सम्मरीमाई गाउँपालिका वडा नं. ६ बस्ने मगरु बरई।

इलाका प्रहरी कार्यालय रन्यौरा रुपन्देहीको विवरण-

१. मिति २०७६-०२-०८ गतेको फैसला बमोजिम लागु औषध मुद्धामा हाल सम्म फरार रहेका फरार प्रतिवादी जिल्ला रुपन्देही शुद्धोधन गाउँपालिका वडा नं. १ बस्ने राम किशोर चौधरी।

पक्राउ परेका सबै फरार प्रतिवादीहरुलाई आबश्यक सजायका लागि जिल्ला अदालत रुपन्देही उपस्थित गराइएको जिल्ला प्रहरी रुपन्देहीले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्