राकेश कुमार मिश्र ,काठमाडौं । नेपाल प्रहरी वृत्तभित्र प्रहरी नायब उपरीक्षक (डीएसपी) निशान्त श्रीवास्तव एकपछि अर्को सफलताको शिखर चढ्दै एउटा उदाहरण बन्न सफल भएका छन् ।
इमान्दार र लगनशिल भएर काम गरेपछि एकदिन सफलता अवश्य मिल्छ भनेझै त्यसको उदाहरण बनेका हुन् जिल्ला प्रहरी लमजुङ्ग प्रहरी प्रमुख डीएसपी श्रीवास्तव । उनी प्रहरी पेशामा लागेको एक दशक बढी भएपनि उपलब्धीमुलक कार्य गरेको देख्न सकिन्छ । जुन जिल्लामा कार्य क्षेत्र भएपनि त्यहाको शान्ति सुरक्षामा राम्रो सुधार भएको स्थानीय प्रत्यक्षदर्शीले समेत बताउँछन ।
लमजुङमा उनको कार्यकालमा एउटा ठुलो सफलता हासिल भएको छ । लमजुङमा ठूलो परिमाणमा अवैध हतियार बरामद गरिएको छ । जिल्लाभरमा अवैध हतियार रहेको जिल्ला प्रशासन कार्यालय लमजुङले दिएको तथ्यांकको आधारमा डीएसपी श्रीवास्तवले मातहतका प्रहरीलाई परिचालन गरेर ठूलो परिमाणमा अवैध हतियार बरामद गरि सफलता हात पारेका हुन् ।
डीएसपी श्रीवास्तवले जिल्लाबाट १ सय १२ थान अवैध हतियार बरामद गरेको बताए । उनले जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी युनिटलाई अवैध हतियार खोज्न लगाएर १ सय ७ थान एक नाले भरुवा बन्दुक, २ थान १२ बोर एक नाले, मुद्धा चलेको १ नाले भरुवा बन्दुक २ थान, एक थान २२ बोर हर्नेट, १ थान १२ बोर दुई नाले, १ थान एक नाले बृज लोडिङ राइफल गरि १ सय १२ थान अवैध हतियार बरामद गरेको जानकारी दिए ।
जिल्लामा ७ सय ६४ थान बरामद गर्नुपर्ने हतियार भएको भन्दै उनले ५ सय ४५ थान हतियारको विवरण प्राप्त भएको बताए । ति मध्ये ४ सय ७० थान हतियारको लागत प्राप्त भएको र २ सय १९ थान हतियारको विवरण प्राप्त हुन बाँकी रहेको उनले जानकारी दिए।
इन्टरपोल र सिआइवीमा रहँदासमेत राम्रो काम गरेक डीएसपी श्रीवास्तव लमजुङ प्रहरी प्रमुखको जिम्मेवारी पाउने वित्तिकै चोरी, लुटपाट, जुवातास लगायत विभिन्न अपराधिक क्रियाकलाप नियन्त्रणमा सक्रिय भएर लागिरहेका छन् ।
जिल्लामा रहेका अवैध हतियार बरामद गर्न कुनै कसुर बाँकी नराख्ने उनी बताउँछन् । जिल्लामा रहेका अवैध हतियारको खोज तथा अनुसन्धानको कार्य अझै भईरहेको उनले भने,–‘अवैध हतियारले जिल्लामा असुरक्षा बढाएको छ, अवैध हतियार खोज्न प्रहरी परिचालित छ, बाँकी हतियार चाँडै नियन्त्रणमा लिनेछौँ,।’
छोटो समयमा राम्रो काम गरेपछि उनी अहिले चर्चामा छन् । उनको जिल्लामा मात्र नभई प्रहरी संगठनमा समेत प्रशंसा भइरहेको छ । बाँकेको नेपालगन्ज निवासी श्रीवास्तव प्रहरी अनुसन्धानमा राम्रो अनुभव भएको प्रहरी अधिकृतको रुपमा परिचित छन् । प्रहरी निरीक्षक पदबाट शुरु भएको उनको प्रहरी विभागमा कार्य गरेको १४ वर्ष भएको छ ।
उनी एउटा सफल प्रहरी अधिकृतको रुपमा काम गरेको केही मुख्य उदाहरणको रुपमा पनि लिन सकिन्छ । नेपालको कुनै पनि मुलुकसंग सुपुर्दगी सन्धि नभएतापनि युरोपियन मुलुकसंग नेपालको ईतिहासमा पहिलो पटक औपचारिक रुपमै सुपुर्दगी गरी अभियुक्लाई उनले नेपाल ल्याएका थिए। जुन नेपालको ऐतिहासिक सफलता हो ।
यसैगरी २०७६ सालमा बिराटनगर महानगरपालिकामा भएको बमविष्फोटन घटनाको सफल अनुसन्धान गरी अभियुक्त समेत पक्राउ गरेको, डोटीमा कार्यरत रहंदा जंगलमा महिलाको हत्याको घटनामा सफल अनुसन्धान गरी अभियुक्त पक्राउ गरेको, ईन्टरपोलमा रहंदा भारत लगायत युरोपियन मुलुकका साथै बिभिन्न खाडी मुलुकबाट अभियुक्त पक्राउ गर्न उनी सफल भएका छन्। सोही शाखामा कार्यरत रहंदा एउटै कार्यकालमा विभागीय प्रमुख र संगठन प्रमुखबाट उत्कृष्ट कार्य गरे बापत पुरुस्कृत समेत भएका थिए।
डीएसपी श्रीवास्तव नेपाल प्रहरीकै एक अब्बल र कर्तव्यनिष्ठ प्रहरी अधिकारीका रुपमा चिनिन्छ्न् ।