नेभिगेशन
अदालत

जीबी राईको पासपोर्ट रद्द गर्न अदालतको आदेश

कास्की। जिल्ला अदालत कास्कीले  सहकारी ठगी प्रकरणका मुख्य नाइके गीतेन्द्रबाबु राई (जीबी) राहदानी रद्द गर्ने आदेश छ। 

सहकारी ठगीमा फरार रहेका मुख्य नाइके जीबीको रहादानी रद्द गर्न जिल्ला अदालत कास्कीका न्यायाधीश हिमलाल बेल्बासेको एकल इजलासले आज आदेश दिएको हो।

न्यायाधीश बेल्बासेले राह्दानी रद्द गर्ने आदेश दिदै रहदानी विभागमा पत्राचार गर्ने आदेश दिएको कास्की अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए । 

‘सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा अदालतमा मुद्दामा विदेशमा रहेको भन्ने जानकारीका आधारमा जीबीको राहदानी रद्द गरी लिन सकिन्छ भन्ने उद्देश्यले अदालतले राहदानी रद्द गर्न अनुमति दिएको हो,’ खनालले भने ।

कास्की प्रहरीले ले सरकारी वकिल कार्यालयमार्फत जीबीलाई विदेशबाट पक्राउ गरी नेपाल ल्याउनका लागि राहदानी रद्द गर्न माग गर्दै अदालतमा निवेदन दिएको थियो ।

जीबी हाल विदेशमा बस्दै आएको बुझिएको छ भने उनलाई ल्याउने प्रयास पहिलादेखि भएपनि नसकिएको बताइएको छ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्