नेभिगेशन
नेपाल प्रहरी

श्रोत नखुलेको १५ लाखसहित एक युवक कपिलवस्तुबाट पक्राउ

कपिलवस्तु श्रोत नखुलेको  साढे १५ लाख रुपैयाँ बढी नगदसहित प्रहरीले एक युवकलाई पक्राउ परेको छ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले श्रोत नखुलेको १५ लाख ७० हजार रुपैयाँसहित ३० वर्षीय युवकलाई पक्राउ गरेको जनाएको छ।

पक्राउ पर्नेमा कपिलवस्तुस्थित मायादेवी गाउँपालिका-७ का ३० वर्षीय निरज कुमार मिश्र रहेका छन्। प्रहरीले मिश्रलाई जिल्ला सदरमुकाम तौलिहवा नजिकबाट उक्त रकम सहित पक्राउ गरेको जानकारी दिएको छ।

कपिलवस्तु प्रहरीका अनुसार मिश्र साइकलमा सदरमुकामतर्फ जाँदै गरेको अवस्थामा चेकजाँचका क्रममा झोलाबाट  १८ लाख ७० हजार रुपैयाँ बरामद भएको थियो। रकम बरामद भएपछि मिश्रले श्रोत खुलाउनै नसकेपछि प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले मिश्रविरुद्ध हुण्डी कसुर मुद्दामा कपिलवस्तु जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको जानकारी दिएको छ

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्