नेभिगेशन
अन्तर्राष्ट्रिय सुरक्षा

इरानको सर्वोच्च अदालतका दुई जना न्यायाधीशको गोली हानी हत्या

काठमाडौं  । सर्वोच्च अदालतका दुई वरिष्ठ जना न्यायाधीशहरुको गोली हानी हत्या भएको छ भने अर्का एक न्यायाधीश गोली लागेर घाइते भएका छन् ।

इरानको राजधानी तेहरानस्थित सर्वोच्च अदालत बाहिर  आज एक अज्ञात हतियारधारी व्यक्तिले सर्वोच्च अदालतका दुई जना वरिष्ठ न्यायाधीशहरुको गोली हानेर हत्या गरेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

मारिने न्यायाधीशहरुमा मोहम्मद मोघेइसेह र अलि रजिनी रहेका छन् । उक्त आक्रमणमा न्यायाधीशका सुरक्षा गार्ड गोली लागेर घाइते भएका छन् ।

अन्तर्राष्ट्रिय समाचार माध्यमका अनुसार मारिएका दुबै न्यायाधीशहरु अब्बल मानिने गरेका थिए भने हत्याको कारण अझै खुल्न सकेको छैन ।

गोली प्रहार गरेका हतियारधारी व्यक्तिले आफैलाई गोली मारेको बताइएको छ।

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्