नेभिगेशन
अन्तर्राष्ट्रिय सुरक्षा

६० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर विस्फोट, ७० जनाको मृत्यु

काठमाडौं ।पेट्रोल ट्याङ्कर दुर्घटना भएर  विस्फोट हुँदा ७० जनाको मृत्यु भएको छ । 

६० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर दुर्घटना भएर अचानक भएको विस्फोटमा ७० जनाको जलेर मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् 

मध्य नाइजेरियाको  नाइजर राज्यको  फेडरल रोड सेफ्टी कोप्र्समा उक्त दुर्घटना भएको हो। “अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या ७० पुगेको छ,” नाइजर राज्यको फेडरल रोड सेफ्टी कोप्र्सका प्रमुख कुमार सुक्वामले एएफपीलाई बताएका छन् ।

सुक्वामेले ६० हजार लिटर पेट्रोल बोकेको ट्रक शनिबार बिहान १० बजे डिक्को जङ्क्शनमा दुर्घटनाग्रस्त भएर विस्फोट भएको बताए ।

“अधिकांश पीडितहरू चिन्न नसकिने गरी जलेका थिए,” सुकुवामले बताए । “हामी चीजहरू स्पष्ट गर्न घटनास्थलमा छौं ।” गम्भीर आर्थिक सङ्कटको बीचमा नाइजेरियामा १८ महिनामा पेट्रोलको मूल्य पाँच गुणा बढेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्