नेभिगेशन
सशस्त्र प्रहरी

सीमा अपराध रोक्न सशस्त्र प्रहरीले राख्यो देशका सीमा नाकामा २ सय बढी सचेतनामूलक बोर्ड

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले आफ्नो २४ औं स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रम गर्दै देशका विभिन्न सीमा नाकामा २ सय बढी सचेतनामूलक बोर्ड राखेको छ।

सशस्त्र प्रहरी प्रधान कार्यालयका अनुसार भारतीय सशस्त्र सीमा बल (एसएसबी) सँग समन्वय गर्दै सतै प्रदेशका विभिन्न स्थानका सीमा नाकामा आज बिहानसम्म २ सय १३ वटा सचेतनामूलक बोर्ड राखेको हो।

सशस्त्र प्रहरी राखेका सचेतनामूलक बोर्डमा ‘नशारहित युवाःदेशका कर्णधार, सुरक्षित सीमाः समृद्ध राष्ट्रनिर्माणको आधार’ भन्ने नारा लेखिएका छन् । 

सशस्त्र प्रहरीले सुरु गरेको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत सीमा क्षेत्रबाट हुने सीमा अपराध लगायत लागूऔषध प्रयोग तथा ओसारपसार नियन्त्रणमा  सम्बन्धमा एसएसबीसँग सहकार्य र समन्वय गर्दै त्यस्ता खालका अवैध गतिविधि रोक्न सशस्त्र प्रहरी लागिपरेको जनाएको छ।

 

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्