नेभिगेशन
सुरक्षा विशेष

पत्रकार महासंघ बाँकेको जग्गा अतिक्रमण प्रकरण: 'अब कडा रुपले प्रस्तुत हुन्छौं': अध्यक्ष गिरी

नेपालगन्ज। जग्गा कारोबारीहरुले नेपाल पत्रकार महासंघ बाँकेको स्वामित्वमा रहेको जग्गा मिचेर अतिक्रमण गरि सडक खोलेको यतिबेला सबैले छर्लङ्ग देखिरहेका छन् ।

पहिलादेखै नै विवादीत रहेको उक्त सडक बारेको विवाद अदालत समेत पुगेको थियो । तर, अहिले केही  जग्गा कारोवारीको दादागिरीमा महासंघको जग्गा हडप्दै व्यक्तिगत फाइदाका लागि सडक बिस्तार गरिएको महासंघका पदाधिकारी बताउँछन् ।

पत्रकार महासंघ बाँकेको जग्गा मिचेर बाटो निकाल्न अन्तत: जग्गा कारोवारीहरु सफल भएपनि यस बिषयमा महासंघले नेपालगन्ज उपमहानगरपालिकासँग जग्गा संरक्षणमा पहल गरिदिन पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले अपिल गरेका छन् ।

महासंघले विगतमा भोगचलन गर्दै आएको जग्गा सबै  संरक्षणमा ध्यान नदिदा उक्त जग्गा पटकर पटक अतिक्रमण हुँदै आएको देखिएकोले अब तत्काल जग्गा संरक्षणका लागि पहल थालिएको महासंघका अध्यक्ष गिरीले बताए । जग्गा संरक्षणमा ध्यान नदिदा अहिले समस्या आइपरेको यथार्थ रहेको पत्रकार महासंघका पदाधिकारीहरु भन्छन् ।

महाासंघलाई ततकालिन अबस्थामा भोगचलनका लागि नेपालगन्ज  नगरपालिकाले जग्गा दिएपनि भौतिक पुर्वाधार निर्माण बाहेकको जग्गा अलपत्र  थियो ।

महासंघका तत्कालीन पदाधिकारीको उदासीनता र लापरबाहीले उक्त जग्गा संरक्षणविहीन हुँदा अतिक्रमण बढ्दै गएको महासंघ आसपासका स्थानीयवासीहरु बताउँछन् ।

महासंघको जग्गा संरक्षणका लागि उपमहानगरपालिकासँग अपिल गर्दा मेयर पशान्त बिष्टले केही दिनमा संरक्षणका लागि काम थालिने आश्वासन दिएको महासशंघ अध्यक्ष गिरी बताए। गिरीले भने- "अब हामी पनि जग्गा संरक्षणमा कडा रुपले प्रस्तुत हुन्छौं।"

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्