नेभिगेशन
सशस्त्र प्रहरी

सशस्त्र प्रहरीले गर्‍यो सीमामा ‘लागुऔषध, सीमा सुरक्षा र युवा’ मा आधारित कार्यक्रम

काठमाडौं सशस्त्र प्रहरी बलले २४औं स्थापना दिवसको अवसरमा ‘लागूऔषध, सीमा सुरक्षा र युवा’ मा आधाररित ‘नशारहित युवा– हाम्रो देशका कर्णधार, सीमानाको रक्षा–राष्ट्र निर्माणको आधार’ भन्ने आधारवाक्यमा केन्द्रीत भई सप्ताहव्यापी रुपमा देशभर ३ सय ६१ वटा कार्यक्रम संचालन गरेको छ ।

यसैगरी सीमा क्षेत्रमा लागुऔषध प्रयोग तथा ओसारपसार सम्बन्धमा भएको नेपाल र भारतको कानूनी व्यवस्था उल्लेख गरी ‘नशारहित युवा– हाम्रो देशका कर्णधार, सीमानाको रक्षा–राष्ट्र निर्माणको आधार’ आधारवाक्य लेखिएको २ सय १३ वटा होर्डिङ बोर्ड राखिएको छ ।

यसै कार्यक्रम अन्तर्गत सशस्त्र प्रहरी बल नेपालका इकाईहरुबाट स्थानीय विद्यालयमा विद्यार्थीहरुलाई लागुऔषध सम्बन्धी २ सय ६२ स्थानमा जनचेतनामूलक प्रशिक्षण गराइएको छ।

सशस्त्र प्रहरीले  १२ हजार ३ सय ६८ जना सहभागी भएका छन्। उपयुक्त स्थानको पहिचान गरी लागुऔषध दुव्र्यसनी सम्बन्धी २१ स्थानमा सचेतनामूलक सडक नाटक प्रदर्शन गरेको जनाएको छ। त्यसैगरी  विद्यालय तथा स्थानीय क्लबहरुमा गई ‘लागूऔषध, सीमा÷सुरक्षा र युवा’ मा केन्द्रीत भई १५ स्थानमा निबन्ध लेखन तथा वक्तित्वकला प्रतियोगिता संचालन गरी उत्कृष्ट हुनेलाई समेत पुरस्कृत गरिएको हो।

यसैगरी सीमा इलाकाका भारतीय समकक्षीसँग लागुऔषध नियन्त्रण सम्बन्धमा ५१ वटा समन्वयात्मक बैठक सम्पन्न भएका छन् भने उल्लेखित बिषयमा केन्द्रीत रहि बाहिनी तथा जिल्लास्थित कार्यालयका प्रमुखहरुको उपस्थितिमा स्थानीयस्तरको रेडियो तथा एफ.एम.मा एक घण्टाको १२ वटा जनचेतनामूलक संवाद कार्यक्रम संचालन भएको छ ।

सशस्त्र प्रहरी बल नेपालका इकाईहरुले जिम्मेवारी क्षेत्रमा भएका लागुऔषध प्रयोग, दव्र्यसनी तथा नियन्त्रण सम्बन्धमा भएका क्रियाकलापहरुको अभिलेख राख्ने कार्य समेत गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

यसैगरी सशस्त्र प्रहरीले  ‘शिघ्र प्रभाव आयोजना’  अन्तर्गत निर्माण, समुदाय विकास तथा क्षमता अभिबृद्धि, स्वास्थ्य, कल्याणकारी, पर्यावरण संरक्षण तथा हरियाली अभियान तथा महिला सशक्तिकरण गरी सशस्त्र प्रहरी बल नेपालले देशभर ४ सय ७३ वटा कार्यक्रम संचालन गरेको छ ।

जसमा समुदाय विकास तथा क्षमता अभिबृद्धि कार्यक्रम अन्तर्गत १ सय २९ वटा जनचेतनामूलक कार्यक्रम गर्दै निर्माण अन्तर्गत १३ स्थानमा चौतारा, १३ वटा प्रतिक्षालय, ७ वटा सार्वजनिक शौचालय र १८ वटा खानोपानीको धारा निर्माण गरेको सशस्त्र प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

यसैगरी स्वास्थ्यतर्फ १० स्थानमा स्वास्थ्य शिविर , ३० स्थानमा रक्तदान कार्यक्रम, पर्यावरण संरक्षण तथा हरियाली अभियान अन्तर्गत १ सय ९८ स्थानमा सरसफाई र ३४ स्थानमा बृक्षरोपण तथा महिला सशक्तिकरण अभियान अन्तर्गत ११ वटा आत्मराक्षा तालिम संचालन गर्दै  कल्याणकारी कार्यक्रम अन्तर्गत १० वटा विद्यालयमा शैक्षिक सामाग्री समेत बितरण गरिएको थियो भने सीप विकासतर्फ सशस्त्र प्रहरी कपिलवस्तुले जिल्लाको सीमावासी युवागरुलाई कपाल काट्ने तालिम समेत दिएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्