काठमाडौं । सशस्त्र प्रहरी बलको २४ औं स्थापना दिवसमा सुदूरपश्चिममा उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी अधिकृत पुरस्कृत भएका छन् ।
कन्चनपुर जिल्लास्थित विभिन्न गुल्म, बेस र बिओपी प्रमुखहरुलाई उत्कृष्ट कार्य गरेको भन्दै सशस्त्र प्रहरी बल नं. ७ वैधनाथ बाहिनीले सशस्त्र प्रहरीका अधिकृतहरुलाई पुरस्कृत गरेको सशस्त्र प्रहरीले जानकारी दिएको छ।
पुरस्कृत हुनेहरुमा कन्चनपुरको महेन्द्रनगरस्थित प्रस्तावित सीमा सुरक्षा गुल्म गडडा चौकीका डीएसपी तेज राज शर्मा, महेन्द्रनगर सुरक्षा बेस मजगाउँला डीएसपी दीपेन्द्र पाण्डे र बिओपी हिकमतपुरका इन्स्पेक्टरलाई उत्कृष्ट कार्य गरेको भन्दै वैधनाथ बाहिनीले प्रशंसापत्रसहित सम्मान गरेको हो।
पुरस्कृत हुने डीएसपी पाण्डेले ६ महिनामा १ करोड बढीक्प अवैध सामाग्री बरामद गर्न सफल भएका थिए।
त्यसैगरी सशस्त्र प्रहरी प्रधान कार्यालयको परिपत्र अनुसार उत्कृष्ट कार्य गर्ने कन्चनपुर खल्लामछेटटी बिओपीका प्रमुख सशस्त्र प्रहरी नायब निरीक्षक भरत बहादुर कुँवरलाई नगदसहित पुरस्कृत गरिएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।
सशस्त्र प्रहरी नायब निरीक्षक कुँवरले बन्दुकसहित दुई जनालाई पक्राउ गर्न सफल भएका थिए।
त्यस्तै सशस्त्र प्रहरी प्रधान कार्यालयको परिपत्र अनुसार सुदुरपश्चिमका अन्य जिल्लामा पनि उत्कृष्ट कार्य गर्नेलाई पनि नगदसहित पुरस्कृत गरिएको छ।
पुरस्कृत हुनेहत्म्रुमा सशस्त्र प्रहरी बल नं.४३ गण रिजर्भ गण कैलालीका डीएसपी कृष्ण सिंह पुजारा, वैधनाथ बाहिनीका सशस्त्र प्रहरी नायब निरीक्षक बिरेन्द्र सिंह पेला, बैतडीमा कार्यरत सशस्त्र प्रहरी सहायक हवल्दार नरेन्द्र बहादुर चन्द,डोटीका सशस्त्र प्रहरी जवान वीर ब्म सिंह भण्डारी र सशस्त्र प्रहरी परिचर डबल बहादुर बोगटी रहेका छन् ।
त्यसैगरी संघसंस्थाको तर्फबाट सम्मानित हुनेमा कन्चनपुरका सिद्दराज ओझा रहेको सशस्त्र प्रहरीले जानकारी दिएको छ।