१. राज्य प्रदत्त जिम्मेवारीहरुलाई उच्च व्यावसायीक दक्षताका साथ सम्पादन गर्न संगठनले कार्यादेशलाई Border Security, Internal Security, Revenue Support र Disaster Management (BIRD) को अवधारणामा प्राथमिकीकरण गरि कार्यान्वयन ल्याईएको छ ।
2.विपद्को समयमा छिटो र प्रभावकारी परिचालन गर्न जोखिपयुक्त स्थान पहिचान गरी थप ९ स्थानमा विपद् उद्धार वेश स्थापना गर्नुको साथै गोताखोर तथा विपद् व्यवस्थापन तालिमलाई प्राथमिकताका साथ संचालन गरी सबै प्रदेशहरुमा उपलब्ध उद्दार सामाग्रीहरु सहित परिचालन गरिएको छ। सबै यूनिट÷सव–यूनिटहरुमा विपद् प्रकृति अनुसारको उद्दार सामाग्री सहित विपद् उद्दार टोली परिचालन गर्ने योजना समेत रहेको छ ।
३.कर्तव्यको बलिबेदीमा प्राणोत्सर्ग गर्नुहुने अमर सशस्त्र प्रहरी कर्मचारीहरुको सम्झनामा उहाँहरुले विरगती प्राप्त गरेको ६५ स्थानमा सिलालेख स्थापना गरिएको छ।साथै सम्पूर्ण अमर सशस्त्र प्रहरीहरुको वार्षिकीको दिनमा सम्वन्धित यूनिटहरुमा दिप प्रज्वलन गर्न निर्देशन
४. नेपाल ए.पी.एफ.अस्पतालमा सुविधा थपिंदै गएको छ। हालसालै अस्पताललाई ३०० शैयाको जनरल अस्पतालको रुपमा स्तरोन्नतिको स्वीकृति पश्चात डि. पि.आर. तयार गरि अस्पताल विस्तारको कार्यमा लागिरहेका छौं।
५. नेपाल ए.पी.एफ.अस्पतालमा Extended Health Service एवम् ३६५ दिन नै इएम् संचालन गरिएको तथा प्रादेशिक स्तरमा रहेका फिल्ड अस्पतालबाट गुणस्तरीय सेवा प्रदान गर्नको लागि साधन श्रोतहरु थप गरिएको छ।
६.विभिन्न निकायहरुसँग समन्वय गरी अस्पतालमा APF Nepal Institute of Medical Science स्थापना गरी Diploma in Nursing, General Medicine, Radiography Technology, Medical Laboratory Technology जस्ता विषयहरुमा अध्यापन गराउने र भविष्यमा क्रमशः मेडिकल कलेजको स्थापना गरी MBBS तहमा अध्यापन गराउने योजना बनाईएको छ। साथै PG अध्यायनका लागि अस्पतालमा कार्यरत चिकित्सकहरुलाई Associate Professor र Assistant Professor को जिम्मेवारी समेत तोकिएको छ।
७. टाढाबाट एपीएफ अस्पताल आउने बहालवाला एवं पूर्व सशस्त्र प्रहरी कर्मचारीहरुको सहजताको लागि नेपाल एपीएफ अस्पतालमा सहायता एवं समन्वय कक्षको स्थापना गरिएको छ ।
८. राष्ट्रसेवकहरुको भौगोलिक परिचालन, बृत्तिविकास र संयुक्त राष्ट्रसंघीय मिशनमा सहभागिता समेतलाई मध्यनजर गर्दै चीनियाँ तथा फ्रेञ्च भाषाका कक्षाहरु सञ्चालनमा ल्याईएको छ। सीमामा खटिएका सशस्त्र प्रहरी कर्मचारीहरुलाई छिमेकी समकक्षी भाषा संस्कृती सिकाउने परिपाटीको थालनी भएको छ ।
९. काठमाण्डौबाट वहालवाला तथा पूर्व सशस्त्र प्रहरी कर्मचारी लक्षित एपिएफ सुपथ सेवा क्यान्टिन संचालनमा ल्याईएको छ, यसको प्रभावकारीता तथा संचालन मोडालिटिलाई मुल्यांकन गरि प्रदेश तहसम्म विस्तार गर्ने योजना रहको छ ।
१०. यसै वर्षबाट संगठनले सशस्त्र प्रहरी कर्मचारीहरु सेवा निवृत भए पश्चात उनीहरुको सम्मानजनक अवकास जीवन तथा आर्थिक उपार्जन सुनिष्चित गर्नका लागी प्राविधिक तथा व्यावसायिक सिप प्रदान गर्ने उद्देश्यका साथ एक सिपाही एक सिपको अवधारणा कार्यान्वयनमा ल्याईएको छ। प्रत्येक वर्ष १००० जना बहालवाला तथा अवकाश प्राप्त कर्मचारीहरुलाई सीपमुलक तालिम दिने लक्ष्य संगठनले लिएको छ । यसै बर्ष ४९४ जनालाई तालिम प्रदान गरि सकिएको छ ।
११. राष्ट्र र जनताको सेवामा आफ्नो जीवन आहुती दिई हामी सवैलाई चिरकाल सम्म सत्कर्ममा लाग्न प्रेरित गर्ने अमर सशस्त्र प्रहरी कर्मचारीहरुको योगदानको उच्च मुल्यांकन गरि सहादत प्राप्त स्थानमा नै सिलालेख स्थापना गर्ने कार्यको सुरुवात गरिएको छ। र अमर सशस्त्र प्रहरी कर्मचारीका २ जना सन्ततीहरुलाई यसै शैक्षिक सत्रबाट निःशुल्क अध्ययनको ब्यवस्था मिलाईएको छ ।
१२. मातहत कार्यालयहरुमा कार्यरत कर्मचारी तथा कमाण्डरहरुको आचरण तथा अनुशासनको वैज्ञानिक तवरबाट मुल्यांकन गरी आफ्नो जिम्मेवारीलाई त्रुटिरहित रुपमा सम्पादन गर्न तथा सांगठनिक साखलाई उच्च बनाउन अभिप्रेरित गर्ने उद्देश्यले Disciplinary Tracking and Action Unit स्थापना गरी कार्य सुरु गरिएको छ ।
१३. त्यस्तै संरचनागत सुधार अन्तर्गत संगठनको जिम्मेवारी अनुसारको परिचालन गर्न, कर्मचारीहरुको बृत्ती विकास गर्न, अस्थायी कार्यालयहरुलाई स्थायी बनाउन र लामो समय सम्म रोकिएको पदोन्नती लगायतको समस्यालाई हल गर्न संगठन तथा व्यवस्थापन सर्वेक्षण (O&M) तयार गरी स्वीकृत गराई समस्याहरुको समाधान गर्ने संगठनको योजना रहेको छ ।
संगठनमा आवद्ध बहालवाला तथा पूर्व सशस्त्र प्रहरी कर्मचारीहरुका साथै आश्रित परिवारजनको जीवनयापनमा सहजताको लागि घोषणा भएका कल्याणकारी कार्यक्रमहरु-
१. सशस्त्र प्रहरी कर्मचारीको अवकास हुन कम्तिमा २ (दुई) बर्ष बाँकी रहेको र अवकास पश्चात उपयोग हुन सक्ने कुनै पनि सीपमुलक तालिम डिउटीमा बाधा नपर्ने गरी अन्य निकायबाट सःशुल्क लिन चाहेमा त्यस्ता सशस्त्र प्रहरी कर्ममचारीहरुलाई प्रशिक्षण खर्च बापत बिना ब्याज अधिकतम रु ५० (पचास) हजार नगद ऋण उपलव्ध गराईनेछ ।
२. एक सिपाही एक घर कार्यक्रम अन्तर्गत वहालवाला तथा अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरु र अमर सशस्त्र प्रहरी कर्मचारीका परिवारहरुलाई घर जग्गा खरिदको लागी सुलभ व्याजदरमा ३० लाखसम्म ऋण उपलब्ध गराउने गरी सशस्त्र प्रहरी बल, नेपाल र ग्लोबल आईएमई वैंङ्क विच सम्झौता भएको छ ।
३. कल्याणकारी सेवा केन्द्रले अमर÷शहिद सशस्त्र प्रहरी कर्मचारीका आश्रित परिवारलाई नेपाल एपीएफ अस्पतालबाट प्रवाह हुने सम्पूर्ण स्वास्थ्य सेवा शुल्कमा ८०% छुट प्रदान गर्दै आईरहेकोमा अवोप्रान्त अमर÷शहिद सशस्त्र प्रहरी कर्मचारीका श्रीमति (एकल महिला) लाई नेपाल एपीएफ अस्पतालबाट प्रवाह हुने सम्पूर्ण स्वास्थ्य सेवा निशुल्क उपलब्ध गराईनेछ ।
४. नेपाल एपीएफ अस्पतालमा उपचारको क्रममा मृत्यू भएका बाहालवाला, पूर्व सशस्त्र प्रहरी कर्मचारी र निजका आश्रीत परिवारको शव सम्बन्धित घर ठेगाना वा निजको धर्म/रीतिरिवाज अनुसारको दाहसंस्कार स्थलसम्म पुर्याउनको निम्ति निःशुल्क शव बहानको व्यवस्था नेपाल एपीएफ अस्पतालबाट गरिनेछ ।
५. सशस्त्र प्रहरी संगठनबाट सेवानिवृत्त भई कुनै पनि रोगको कारण लामो समयसम्म स्वास्थ्यकर्मीको निग्रानीमा रहनु पर्ने साथै निजलाई रखेदेख वा हेरचाह गर्ने परिवारका सदस्यहरु कोहि नभएका अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारुहरुको लागि उपयुक्त स्थानको छनौट गरी CARE HOME को ब्यवस्था गर्ने कार्यको अध्ययन थालनी गरिनेछ।
६. २०(बिस) वर्ष सेवा अवधि पुगेका सशस्त्र प्रहरी परिचरदेखि सशस्त्र प्रहरी वरिष्ठ नायव निरीक्षक(स.प्र.ब.ना.नि) सम्मका सशस्त्र प्रहरी कर्मचारीहरुलाई आगामि वर्षबाट सवारी चालक तालिम दिने कार्यको शुरुवात गरिनेछ ।
७. सशस्त्र प्रहरी कर्मचारी र आम सर्वसाधारण नागरीकका सन्ततीहरुलाई सर्वसुलभ र गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ नेपाल एपीएफ स्कुलहरुलाई थप विस्तार गर्दै लगिने लक्ष्य अनुरुप कोशी प्रदेशको झापामा र लुम्विनी प्रदेशको बुटवलमा एपीएफ स्कुल स्कुल सञ्चालनको लागि आवश्यक प्रक्रिया अगाडि बढाईने छ ।
८.“विपद् प्रकोप राहत कोष“बाट अवोउप्रान्त नेपाल एपीएफ अस्पतालमा उपचार हुन नसक्ने भनी अस्पतालले सिफारिस गरेको घातक एवं दिर्घ रोग लागेका बहालवाला सशस्त्र प्रहरी कर्मचारी र तिनका आश्रित परिवारको उपचारमा सहयोग पु¥याउन एकपटकको लागी वर्षमा बढीमा रु.१(एक) लाखसम्म उपचार खर्च उपलब्ध गराईनेछ ।
९. संगठनमा कार्यरत कर्मचारीहरुमा वचतको बानी विकास होस भन्ने अभिप्रायले कल्याणकारी सेवा केन्द्र अन्तर्गत रहने गरी APF Staff Saving Fund स्थापना गरिएको छ। जसमा इच्छुक सशस्त्र प्रहरी कर्मचारीहरुले मासिक ४०० रुपैंया जम्मा गर्न सक्ने छन जुन रकम अवकास पश्चात ब्याज सहित फिर्ता हुने व्यवस्था मिलाईएको छ ।
१०. वहालवाला तथा अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरु र अमर सशस्त्र प्रहरी कर्मचारीका परिवारहरुलाई आवश्यक कानुनी सल्लाहको लागी एक जना कानुन अधिकृत सहित कल्याणकारी सेवा केन्द्र अन्तरगत रहने गरि कानुनी परामर्श सहयोग डेस्क स्थापना गरिएको छ ।
११. वहालवाला तथा अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरु र अमर सशस्त्र प्रहरी कर्मचारीका परिवारहरुको आवास निर्माणको लागी नक्सा बनाउने, मर्मत कार्य र अन्य प्राविधिक सहयोगको लागी मद्दती तथा सेवा निर्देशनालयबाट दुई जना प्राविधिक अधिकृत सहित कल्याणकारी सेवा केन्द्र अन्तरगत रहने गरी प्राविधिक परामर्श सहयोग डेस्क स्थापना गरि संचालनमा ल्याईएको छ।
सशस्त्र प्रहरीको सीमामा ‘लागुऔषध, सीमा सुरक्षा र युवा’ मा आधारित कार्यक्रम...
लसशस्त्र प्रहरी बलले २४औं स्थापना दिवसको अवसरमा ‘लागूऔषध, सीमा सुरक्षा र युवा’ मा आधाररित ‘नशारहित युवा– हाम्रो देशका कर्णधार, सीमानाको रक्षा–राष्ट्र निर्माणको आधार’ भन्ने आधारवाक्यमा केन्द्रीत भई सप्ताहव्यापी रुपमा देशभर ३ सय ६१ वटा कार्यक्रम संचालन गरेको छ ।
यसैगरी सीमा क्षेत्रमा लागुऔषध प्रयोग तथा ओसारपसार सम्बन्धमा भएको नेपाल र भारतको कानूनी व्यवस्था उल्लेख गरी ‘नशारहित युवा– हाम्रो देशका कर्णधार, सीमानाको रक्षा–राष्ट्र निर्माणको आधार’ आधारवाक्य लेखिएको २ सय १३ वटा होर्डिङ बोर्ड राखिएको छ ।
यसै कार्यक्रम अन्तर्गत सशस्त्र प्रहरी बल नेपालका इकाईहरुबाट स्थानीय विद्यालयमा विद्यार्थीहरुलाई लागुऔषध सम्बन्धी २ सय ६२ स्थानमा जनचेतनामूलक प्रशिक्षण गराइएको छ।
सशस्त्र प्रहरीले १२ हजार ३ सय ६८ जना सहभागी भएका छन्। उपयुक्त स्थानको पहिचान गरी लागुऔषध दुव्र्यसनी सम्बन्धी २१ स्थानमा सचेतनामूलक सडक नाटक प्रदर्शन गरेको जनाएको छ। त्यसैगरी विद्यालय तथा स्थानीय क्लबहरुमा गई ‘लागूऔषध, सीमा÷सुरक्षा र युवा’ मा केन्द्रीत भई १५ स्थानमा निबन्ध लेखन तथा वक्तित्वकला प्रतियोगिता संचालन गरी उत्कृष्ट हुनेलाई समेत पुरस्कृत गरिएको हो।
यसैगरी सीमा इलाकाका भारतीय समकक्षीसँग लागुऔषध नियन्त्रण सम्बन्धमा ५१ वटा समन्वयात्मक बैठक सम्पन्न भएका छन् भने उल्लेखित बिषयमा केन्द्रीत रहि बाहिनी तथा जिल्लास्थित कार्यालयका प्रमुखहरुको उपस्थितिमा स्थानीयस्तरको रेडियो तथा एफ।एम।मा एक घण्टाको १२ वटा जनचेतनामूलक संवाद कार्यक्रम संचालन भएको छ ।
सशस्त्र प्रहरी बल नेपालका इकाईहरुले जिम्मेवारी क्षेत्रमा भएका लागुऔषध प्रयोग, दव्र्यसनी तथा नियन्त्रण सम्बन्धमा भएका क्रियाकलापहरुको अभिलेख राख्ने कार्य समेत गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
यसैगरी सशस्त्र प्रहरीले ‘शिघ्र प्रभाव आयोजना’ अन्तर्गत निर्माण, समुदाय विकास तथा क्षमता अभिबृद्धि, स्वास्थ्य, कल्याणकारी, पर्यावरण संरक्षण तथा हरियाली अभियान तथा महिला सशक्तिकरण गरी सशस्त्र प्रहरी बल नेपालले देशभर ४ सय ७३ वटा कार्यक्रम संचालन गरेको छ ।
जसमा समुदाय विकास तथा क्षमता अभिबृद्धि कार्यक्रम अन्तर्गत १ सय २९ वटा जनचेतनामूलक कार्यक्रम गर्दै निर्माण अन्तर्गत १३ स्थानमा चौतारा, १३ वटा प्रतिक्षालय, ७ वटा सार्वजनिक शौचालय र १८ वटा खानोपानीको धारा निर्माण गरेको सशस्त्र प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।
यसैगरी स्वास्थ्यतर्फ १० स्थानमा स्वास्थ्य शिविर , ३० स्थानमा रक्तदान कार्यक्रम, पर्यावरण संरक्षण तथा हरियाली अभियान अन्तर्गत १ सय ९८ स्थानमा सरसफाई र ३४ स्थानमा बृक्षरोपण तथा महिला सशक्तिकरण अभियान अन्तर्गत ११ वटा आत्मराक्षा तालिम संचालन गर्दै कल्याणकारी कार्यक्रम अन्तर्गत १० वटा विद्यालयमा शैक्षिक सामाग्री समेत बितरण गरिएको थियो भने सीप विकासतर्फ सशस्त्र प्रहरी कपिलवस्तुले जिल्लाको सीमावासी युवागरुलाई कपाल काट्ने तालिम समेत दिएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ।

 (Large).jpg)
 (Large).JPG)
 (Large).JPG)
 (Large).JPG)
 (Large).jpg)
 (Large).JPG)
 (Large).JPG)
 (Large).JPG)
 (Large).JPG)