नेभिगेशन
इन्टरपोल

मानव बेचबिखन मुद्दामा इन्टरपोलले रेड नोटिस जारी गरेका बर्दियाका पौडेल ओमानबाट पक्राउ

काठमाडौं   अन्तर्राष्ट्रिय प्रहरी संगठन( इन्टरपोल) को सहयोगमा मानव बेचबिखन तथा ओसारपसार मुद्दामा फरार रहेका बर्दियाका बिनोद पौडेललाई नेपाल ल्याइएको छ।

प्रहरी प्रधान कार्यालयक अनुसार मानव बेचबिखन तथा ओसारपसार मुद्दामा फरार रहेका बर्दियाको बढेयाताल गाउँपालिका-२ घर भएका पौडेललाई ओमानबाट इन्टरपोलको सहयोगमा नेपाल ल्याइएको हो।

पौडेलविरुद्ध गत पुद १२ गते पक्राउ पुर्जा जारी भएको थियो भने उनलाई एनसीबी अबु मस्कट ओमानको समन्वयनमा पक्राउ गरेर बुधबार नेपाल ल्याइएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ। 

ओमानबाट इन्टरपोलले नेपाल फिर्ता ल्याएका पौडेललाई मानव बेचबिखन ब्यूरोको जिम्मा लगाएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

 

 

 

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्