नेभिगेशन
ट्राफिक प्रहरी

धनुषाको सडक दुर्घटनामा २६ जनाको मृत्यु,१४ हजार बढी सवारीसाधन कारबाहीमा

काठमाडौं । धनुषामा बितेका ६ महिनामा सडक दुर्घटनामा परी २६ जनाको मृत्यु भएको छ । 

जिल्ला ट्राफिक कार्यालय धनुषाका अनुसार उक्त अवधिमा भएका ५ सय ६ दुर्घटनामा २६ जनाको मृत्यु भएको हो । अघिल्लो वर्षको सोही अवधिमा ५ सय ९८ दुर्घटनामा ३९ जनाले ज्यान गुमाएका थिए । 

उक्त कार्यालयले समीक्षा अवधिकमा ट्राफिक नियम उल्लङ्घन गरेका १२ हजार ५ सय ९३ सवारीसाधनका सञ्चालकबाट रु ९७ लाख ५८ हजार पाँच सय राजस्व सङ्कलन भएको जनाएको छ ।

गत आवको सोही अवधिमा १४ हजार २ सय ३६ सवारीसाधनबाट रु एक करोड छ लाख ५४ हजार ५ सय राजस्व उठाइएको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्