काठमाडौं । नेपाल प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित १८ जनालाई पक्राउ गरेको छ। प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार काठमाडौं महानगरपालिका-१६ ठमेल क्षेत्रपाटीस्थित ह्यान्डीक्राफ्ट पसलबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ २ किलोग्राम, गाँजा १ किलो २ सय ग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल ८० ट्याब्लेट, नाइट्राभेट ९ ट्याब्लेट, मेथाडोन २ सय ८० ट्याब्लेट र नगद ७४ हजार रूपैयाँ सहित पसलका संचालक सोही महानगरपालिका-२१ भोटेवाहाल घर भएका ५८ वर्षीय शुद्द शरण रन्जितकारलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त लैनचौर समेतबाट खटिएको प्रहरीले उनको पसल तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
त्यसैगरी सुर्खेतको बीरेन्द्रनगर नगरपालिका-२ टेम्पुपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २२ मिलिग्राम सहित सोही ठाउँ बस्ने २८ वर्षीय महेन्द्र रावत समेत ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले महेन्द्रको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी तीनै जनालाई पक्राउ गरेको हो ।
कैलालीको टिकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय ६० मिलिग्राम सहित सोही नगरपालिका-५ बसन्ता बस्ने २७ वर्षीय कमल रावललाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुन्डा र इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलालीकै गोदावरी नगरपालिका-३ चौकीडाँडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम ५ सय ६० मिलिग्राम र नियन्त्रित लागूऔषध नाईट्राजेपाम ९० ट्याब्लेट सहित कञ्चनपुर कृष्णपुर नगरपालिका-६ मौरीफाँटा बस्ने २५ वर्षीय बिरेन्द्र भट्टराईलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेती र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।
यसैगरी कैलालीकि धनगढी उपमहानगरपालिका-३ विशालनगरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ७० मिलिग्राम सहित सोही उपमहानगरपालिका-३ बस्ने २४ वर्षीय पुरन सिंह ठकुर समेत ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट विशालनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
प्रहरीले कैलालीकै धनगढी उपमहानगरपालिका-२ बर्गर हाउस नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ७० मिलिग्राम सहित गौरीगंगा नगरपालिका-११ बस्ने २१ वर्षीय निरञ्जन चौधरी समेत ४ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली र अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कञ्चनपुरको भीमदत्त नगरपालिका-१५ गोवरैयाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने २९ वर्षीय करन राना क्षेत्रीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
प्रहरीले सिराहाको सिरहा नगरपालिका-१७ भन्सार गेट छेउबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ ग्राम २ सय मिलिग्राम सहित गोलबजार नगरपालिका-७ बस्ने २५ वर्षीय हृदय सिंह र सोही नगरपालिका-८ बस्ने २२ वर्षीय धर्मेन्द्र यादवलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय जनकपुर र इलाका प्रहरी कार्यालय माडर सिराहाबाट खटिएको प्रहरीले भारतको जयनगरबाट माडरतर्फ आउँदै गरेको प्रदेश ३-०३-००१ प ९८३६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
धनकुटाको धनकुटा नगरपालिका-७ मोटीटोलीबाट नियन्त्रित लागूऔषध स्पास्पेन २७ ट्याब्लेट र ट्रामाडोल १७ ट्याब्लेट सहित सोही नगरपालिका-७ बस्ने २१ वर्षीय किरण राईलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरी उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।