नेभिगेशन
नेपाल प्रहरी

१६ वर्षीया किशोरी बलात्कारको आरोपमा भारतीय युवक पक्राउ

काठमाडौं । प्रहरीले बलात्कार आरोपमा एक जना भारतीय  युवकलाई पक्राउ गरेको छ। 

तनहुँका १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा बन्दिपुर गाउँपालिका-१ डुम्रे बस्ने भारत मोतीहरी घर भएका २२ वर्षीय श्रवण कुमारलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

श्रवणले ती किशोरीलाई डर त्रास देखाई असोज १५ गते बलात्कार गरेको गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्