नेभिगेशन
नेपाल प्रहरी

आफैंमाथि गोली हानेका प्रहरी जवान बिष्टको उपचारमा क्रममा मृत्यु

काठमाडौं ।ड्युटीमा हुँदा आफैंले आफूलाई गोली हानेका सुदूरपश्चिममा कार्यरत प्रहरी जवानको उपचारका क्रममा मृत्यु भएको छ।

कञ्चनपुरस्थित प्रदेश विपद् व्यवस्थापन गुल्ममा कार्यरत प्रहरी जवान वकिल बिष्टले बिहीबार  राति आफैंमाथि गोली हानेका थिए। 

कोत गार्डको ड्युटीमा खटिएका बेला  एसएलआर राइफलबाट आफूमाथि गोली चलाएर गम्भीर घाइते भएका उनको धनगढीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ।

गोली लागेर गम्भीर घाइते भएका जवान बिष्टलाई तत्कालै महाकाली अस्पतालमा उपचारका लागि भर्ना गरिएपनि  त्यहाँ सामान्य उपचारपछि अस्पतालले धनगढी रेफर गरेको थियो ।

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्