नेभिगेशन
सुरक्षा अपडेट

अछाममा बाख्रा चराउन गएका खड्का परिवारका सहोदर दिदिबहिनी मृत भेटिए

काठमाडौं । बाख्रा चराउन गएका कक्षा ८ मा पढ्ने एकै घरका सहोदर दिदिबहिनी मृत फेला परेका छन् । अछामको ढकारी गाउँपालिका-८ पल्साता गाउँका १४ वर्षीय ईश्वरी खड्का र १५ वर्षीय सरस्वती खड्का  मृत फेला परेको प्रहरीले जानकारी दिएको छ।

अछाम प्रहरीका अनुसार शुक्रबार दिउँसो घरबाट बाख्रा लिएर चराउन गएका उनीहरु दुबै किशोरीको शव २०-२५ मिटरको फरक दुरीमा फेला परेको थियो।

शुक्रबार बाख्रा मात्रै घर पुगेपछि खोजतलास सुरु भएपनि शनिबार दिउँसो मात्रै दिदिबहिनीको शव फेला परेपछि प्रहरीलाई खबर गरिएको थियो।

जिल्ला प्रहरी कार्यालय अछामले दिदिबहिनीको मृत्यु प्रकरण  घटना निकै शंकास्पद देखिन पुगेकाले थप अनुसन्धानका लागि तालिमप्राप्त कुकुर मगाएको जानकारी दिएको छ। 

उनीहरुको शव फेला परेको स्थानमा निकै ठुलो ढुङ्गाको भीर भएकाले उनीहरु त्यहाँबाट खसेको भन्ने बुझिएपनि अझै केहि भन्न नसकिने अछाम प्रहरीले जनाएको छ। मृतक दिदिबहिनीको शरीरमा चोटपटकका निशान भएकाले थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

 

 

 

 

 

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्