नेभिगेशन
नेपाल प्रहरी

नेपालगन्ज बसपार्क नजिक अलपत्र परेका २ वर्षीय बालकको उद्धार, अभिभावकको जिम्मा लगायो प्रहरीले

नेपालगन्ज हराएर नेपालगन्जको बसपार्क नजिक अलपत्र परेका  दुई वर्षीय बालकलाई प्रहरीले उद्धार गरेको छ। उद्धार गारिएका ती बालकलाई महिला, बालबालिका तथा जेष्ठ नागरिक सहायता केन्द्र नेपालगन्ज अभिवावकको जिम्मा लगाएको हो।

शुक्रबार अपराह्नमा नेपालगन्ज-४ बसपार्क नजिक प्रहरीले फेला पारेको बालकलाई अभिभावकलाई खोजतलास गर्ने क्रममा फेला पारेर सम्बन्धित अभिभावकलाई बुझाएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

हराएर बसपार्क नजिक अलपत्र परेका  ती बालकले आफ्नो नाम र अभिभावकको बारेमा जानकारी दिन नसके पनि महिला, बालबालिका तथा जेष्ठ नागरिक सहायता केन्द्रकी प्रमुख प्रहरी निरीक्षक शिवा थापाको अथक प्रयासमा अभिभावकलाई सम्पर्क गरिएको जिल्ला प्रहरी बाँकेले जनाएको छ।

केही दिनअघि मात्रै बाँके प्रहरीले बर्दियाबाट हराएर नेपालगन्ज आएकी बालिकाको उद्धार गर्दै आफन्तलाई बुझाएको थियो।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्