नेभिगेशन
नेपाल प्रहरी

१८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा युवक पक्राउ

बझाङ। १८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

जिल्लास्थित  छबिसपाथिभेरा गाउँपालिका-१ बस्ने २४ वर्षीय धर्म राज गिरीलाई गए राति प्रहरीले बलात्कारको आरोपमा पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

पक्राउ परेका गिरीले ती किशोरीलाई शनिबार बेलुकी बलात्कार गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्