नेभिगेशन
नेपाल प्रहरी

बारा प्रहरीको हिरासतबाट 'थुनुवा' चौधरी फरार

काठमाडौं । अभद्र व्यवहार मुद्दामा प्रहरी हिरासतमा रहेका थुनुवा फरार भएका छन् । जिल्ला प्रहरी कार्यालय बारा मातहत रहेको इलाका प्रहरी कार्यालय जितपुर सिमराको प्रहरी हिरासतबाट महेश चौधरी फरार भएका हुन् ।

माघ ९ गते अभद्र व्यवहार मुद्दामा पक्राउ परेका जितपुर सिमरा नगरपालिका-२ का चौधरी इप्रकाको हिरासतमा फरार भएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ। 

बारा प्रहरीले दिएको जानकारी अनुसार फोहर फाल्न हिरासतबाट बाहिर निस्किएको बेलामा चौधरी फरार भएका थिए।

फरार भएका चौधरीको खोजतलास तीब्र पारिएको र उनको खोजीमा सीमा नाका लगायत सम्भावित स्थानमा सादा पोशाकमा प्रहरी परिचालन गरिएको बारा प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्