नेभिगेशन
नेपाल प्रहरी

पाल्पाको रामपुरमा प्रहरीले नष्ट गर्‍यो ठुलो परिमाणमा घरेलु मदिरा

रामपुर(पाल्पा)। पाल्पाको रामपुरमा प्रहरीले ठुलो परिमाणमा अवैध घरेलु मदिरा नष्ट गरेको छ।

जिल्लास्थित इलाका प्रहरी कार्यालय रामपुरले चेकजाँचका क्रममा बरामद गरेको २ सय ७० लिटर घरेलु मदिरा नष्ट गरेको इलाका प्रहरी प्रमुख प्रहरी निरीक्षक रामबहादुर नेपालीले जानकारी दिएका छन् ।

प्रहरी निरीक्षक नेपालीका अनुसार उक्त मदिरा निस्दी गाउँपालिका-१ बेलडाँडामा  चेकजाँचका क्रममा तानसेनबाट रामपुर तर्फ आउँदै गरेको लु १ ख ८३६४ नम्बरको यात्रुवाहक बसमा उक्त २ सय ७० लिटर घरेलु मदिरा बरामद गरिएको थियो। 

बरामद गरिएको ४० हजार रुपैयाँ बराबरको मदिरालाई  आज इलाका प्रहरी कार्यालय परिसरमा इलाका प्रशासन कार्यालयका प्रतिनिधि गणेश बहादुर कार्की, रामपुर नगरपालिका-५ का वडाध्यक्ष दुर्गा प्रसाद पोखरेलको रोहवरमामा नष्ट गरिएको प्रहरी निरीक्षक नेपालीले बताए।

मदिरा नष्ट कार्यक्रममा अन्य सरकारी निकायमा प्रतिनिधि,ट्राफिक प्रहरी , पत्रकार, स्थानीय लगायत अन्यको उपस्थिति रहेको थियो।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्