नेभिगेशन
सुरक्षा विशेष

तुलसीपुर उपमहानगरपालिकासँग अब आफ्नै प्रहरी

दाङ तुलसीपुर उपमहानगरपालिकामा अब आफ्नै प्रहरी रहने भएको छ। उपमहानगरपालिका  ऐन बनाएर  स्थायी प्रकृतिका १५ जना नगर प्रहरी भर्ना गरेको हो ।   

आफ्नै नगरी प्रहरी भर्ना बारे पूर्व मेयर घनश्याम पाण्डेकै पालमा ऐन तयार भएको थियो । अहिलेका मेयर टीकाराम खड्काले त्यही ऐनमा टेकेर स्थायी प्रकृतिका नगर प्रहरी भर्ना गरेका हुन । ४० दिनको तालिमपछि नगर प्रहरीलाई सोमबार दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

नगर प्रहरीलाई दर्ज्यानी चिन्ह प्रदान कार्यक्रम प्रदेशसभा सदस्य रेखा शर्माको प्रमुख आथित्यता र मेयर टीकाराम खड्काको अध्यक्षतमा भएको हो ।

दिक्षान्त कार्यक्रमलाई उपमेयर श्यानी चौधरी, सुशासन नगर प्रबक्ता माधव वली, सुशासन समितिका संयोजक धर्मराज वली, नेपाल पत्रकार महासंघ दाङ शाखाका उपाध्यक्ष ओपेन्द्र बस्नेत लगाएतले सम्बोधन गरेका थिए।

बक्ताहरुले नगर प्रहरीलाई सफल कार्यकालको शुभकामना दिदै तोकिएको जिम्मेवारी निष्ठापूर्वक पुरा गर्न तर्फ लाग्न आग्रह गरेका थिए । नगर प्रहरी प्रमुख नायव निरीक्षक ऋषिराज पछाँइसहित १५ जना नगर प्रहरीलाई दिक्षान्त समरोहमा दज्र्यानी चिन्ह प्रदान गरिएको हो ।

पछाँई नेतृत्वको टोलीमा नगर असइ सञ्जय गिरी, नगर हवल्दार द्धय बिष्णु चौधरी र बिनोद रेउलेसहित ११ जना नगर प्रहरी जवान छन् । अब तुलसीपुरले उनीहरुका लागि सेवा सुविधा बाफत मासिक चार लाख रुपैंया अतिरिक्त खर्च बेहोर्नु पर्ने भएको छ । बार्षिक झन्डै आधा करोड उनीहरुको सेवा सुविधाका लागि खर्च गर्नु पर्ने भएको छ । नगर प्रहरीको सेवा सुविधा पद अनुसार नेपाल प्रहरी समान हुन्छ ।

नगर प्रहरीलाई ४० दिने प्राथमिक कवाज तालिम इलाका प्रहरी कार्यालय तुलसीपुरका वरिष्ट प्रहरी नायव निरीक्षक मिलन श्रेष्ठको टोलीले दिएको थियो । तुलसीपुरस्थित सशस्त्र प्रहरीको टोलीले पनि उनीहरुलाई तालिम दिएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्