नेभिगेशन
सुरक्षा विशेष

ताप्लेजुङ घटना: गृहमन्त्रीले बोलाए ४ जिल्लाका सांसदलाई गृह मन्त्रालय

काठमाडौं । गृहमन्त्री रमेश लेखकले ताप्लेजुङस्थित पाथीभरा घटनाबारे छलफल गर्न सांसदहरुलाई बोलाएका छन् ।

त्यस क्षेत्रमा केबलकार निर्माण गर्दा भएको घटनाको बारेमा छलफल गर्न सांसदहरूलाई छलफलका लागि बोलाएको गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

गृहमन्त्री लेखकले आज साँझ ५ बजे गृह मन्त्रालयमा ताप्लेजुङ, इलाम, पाँचथर र तेह्रथुमका प्रतिनिधि सभा सांसदहरूलाई छलफलका लागि बोलाएका हुन् ।

केबलकार निर्माणका क्रममा शनिबार निर्माण गर्ने क्रममा ‘नो केबलकार’ समूह र सुरक्षाकर्मीबीच झडप हुँदा सुरक्षाकर्मीसहित दर्जनौं स्थानीय घाइते भएका थिए।

उक्त झडपमा प्रहरीले चलाएको गोली लागेर दुई जना घाइते भएका थिए।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्