नेभिगेशन
नेपाल प्रहरी

अछामका दिदिबहिनी मृत्यु घटना: अनुसन्धानका लागि घटनास्थल पुग्यो सुदूरपश्चिम् प्रदेश प्रहरी

काठमाडौं । अछामका दुई दिदिबहिनी मृत्युु घटनाको अनुसन्धानका लागि सुदूरपश्चिम् प्रदेश प्रहरी कार्यालयको टोली समेत परिचालन भएको छ । 

शनिबार अछामको ढकारी गाउँपालिका-१ छिन्ने जंगलमा ढकारी-८ पल्साताकी १५ वर्षीय सरस्वती खड्का र १४ वर्षीय इशरा खड्का मृत भेटिएको घटना प्रकरणमा अनुसन्धानका लागि सुदूरपश्चिम् प्रदेश प्रहरी कार्यालय टोली खटाएको जानकारी दिएको छ।

शुक्रबार दिउँसो बाख्रा चराउन गएका दिदिबहिनी घर नआएपछि शनिबार दिउँसो शरीरमा चोटपटक लागेको अवस्थामा मृत फेला परेका थिए।

अछाम प्रहरीले मृतक दिदिबहिनीको शवलाई पोष्टमार्टमका लागि नेपालगन्जस्थित भेरी अस्पतालमा पठाएको जानकारी दिदै घटनास्थल वरपर तालिमप्राप्त कुकुरको सहायताले अनुसन्धान अगाडि बढाएको जानकारी दिएको छ।

सुदूरपश्चिम् प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय अछामको टोलीले उक्त घटनाको विस्तृत अनुसन्धानमा जुटेको बताइएको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्