नेभिगेशन
सुरक्षा अपडेट

वीरगन्जको सिद्धार्थ बैंक आगलागी घटनामा २ करोड रुपैयाँ बढीको क्षति

पर्सा । वीरगन्जस्थित सिद्धार्थ बैंकमा भएको आगलागीमा २ करोड रुपैयाँ बढीको क्षति भएको पर्सा प्रहरीले जानकारी दिएको छ। 

आदर्शनगरस्थित सोमबार अपराह्न ३ बजेदेखि सिद्धार्थ बैंकमा लागेको आगो राति १० मात्रै आगलागी नियन्त्रणमा आएपनि २ करोड बढीको नोक्सानी भएको प्रहरीले जनाएको छ।

बैंकको स्टोर कोठामा विद्युत सर्ट भएर सल्केको आगो तल्लो तलाबाहेक ४ वटै तलामा फैलिएको थियो।

आगो निभाउन पर्सा,बारा र भारत रक्सौलका गरी १० वटा वारुण यन्त्र र नेपाल प्रहरी ,सशस्त्र प्रहरी, स्थानीयबासी खटिएका थिए।

प्रहरीका अनुसार बैंक सञ्चालन रहेका ४ वटै तल्लामा आगो सल्किएको थियो । फर्निचर,कागजपत्र, कम्प्युटर लगायतका उपकरण  सबै जलेर नष्ट भएका छन् । नगद रकम र चेकहरु भने सुरक्षित निकालिएको प्रहरीले जनाएको छ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्