नेभिगेशन
नेपाल प्रहरी

बालयौन दुराचार मुद्दाका फरार प्रतिवादी सुर्खेतबाट पक्राउ

सुर्खेत । सुर्खेत प्रहरीले बालयौन दुराचार मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। 

जिल्ला अदालत सुर्खेतले बालयौन दुराचार मुद्दा मा दोषी ठहर गरेर जेल सजाय सुनाएका जिल्लाको वीरेन्द्रनगर नगरपालिका-११ का ४४ वर्षीय फरार प्रतिवादी ललित बहादुर खड्कालाई पक्राउ गरेको सुर्खेत प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार खड्कालाई सुर्खेत अदालतले दोषी ठहर गर्दै ३ महिना जेल र ५ हजार रुपैयाँ जरिवाना सुनाएयता फरार रहेका उनलाई लुकिछिपी बसेको अवस्थामा वीरेन्द्रनगर-११ बाट पक्राउ गरिएको हो।

पक्राउ परेका खड्कालाई सजाय भुक्तानका लागि जिल्ला कारागार सुर्खेत चलान गरिएको सुर्खेत प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्