बाँके । बाँके जिल्लाभरबाट ५० सवारीसाधन चोरी भएका छन् । आर्थिक वर्ष २०८१-०८२ को साउन महिनादेखि हालसम्म बाँकेमा मात्रै ५० वटा सवारीसाधन चोरी भएका हुन् । यसरी सवारीसाधन चोरी हुँदा आखिर के गर्दैछ बाँके प्रहरी ?
जिल्ला प्रहरीले बाँकेले दिएको विवरण अनुसार २०८१ साउन ३ गतेदेखि २०८१ पुस २९ गतेसम्मको अवधिमा कार, मोटरसाइकल, स्कुटर र इ-रिक्सा गरि ५० वटा सवारीसाधन चोरी भएका छन् ।
उक्त समयदेखि हालसम्म बाँकेमा ४२ मोटरसाइकल चोरी हुँदा एउटा कार,३ वटा स्कुटर र ४ वटा इ-रिक्सा चोरी भएका हुन् ।
बारम्बार जिल्लाबाट सवारीसाधन चोरी हुँदा ती कार,मोटरसाइकल लगायतका सवारीसाधन कहाँ छन् भन्ने बारेमा जिल्ला प्रहरी बाँकेले न त पत्ता लगाउन सकेको न त चोरीमा संलग्न गिरोह नै फेला पार्न सकेको छ।
चोरी भएका सवारीधनीहरु पीडित भन्छन् -"हाम्रो सवारीसाधन चोरी हुँदा पटकपटक प्रहरीलाई जानकारी गराउँदा समेत चोरी भएका सवारीसाधन पत्ता लगाउनु परै जाओस् चोर समेत पत्ता लगाउन सकेको छैन, यो त लाजमर्दो कुरा हो!" चोरी हुँदा माथिल्लो तहबाट आदेश दिन लगाए मात्र बाँके प्रहरीले खोजेको जस्तो गर्ने गर्को एक पीडितले बताए।
"जिल्ला प्रहरीमा यसअघि धेरै घुमुवा थिए तर उनीहरुले सवारीसाधन चोरी भएको घटना भन्दा केबल पैसा असुल्ने काम गरे।" यी घटनामा प्रहरीले खासै चासो नदिएको देखिएको उनले भने।
उनीहरु भन्छन् - 'जिल्ला प्रहरी बाँकेले अहिले हराएका सवारीसाधनको विवरण सार्वजनिक गरेर के देखाउन खोजेको?' प्रहरीले चाह्यो भने के कार, के मोटरसाइकलज के स्कुटर र इ-रिक्सा? चोर र मोटरसाइकल पत्ता नलगाउन सक्ने ठुलो कुरै नभएको एक पीडितले भने।
यता बाँके प्रहरीले सार्वजनिक गरेका मोटरसाइकल नम्बरहरुका मोटरसाइकल कसैले देखेमा प्रहरीलाई खबर गर्न सबैमा आग्रह गरेको छ। अहिले बाँके प्रहरीले चोरी भएका ५० सवारीसाधनको विवरण सार्वजनिक गर्दा चोर र सवारीसाधन पत्ता लगाउन नसकेको भन्दै चौतर्फी आकोचना भइरहेको छ।
तर प्रहरीले हालसम्म चोरी भएका सवारीसाधन मध्येमा केहि फेला पारेको भएपनि सार्वजनिक विवरणमा भने कति फेला पारेको भन्ने विवरण भने खुलाएको छैन ।
मंगलबार प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरीको कार्यसम्पदान सम्झौता कार्यान्वयन हालसम्मको अवस्था सन्तोषजनक बताए पनि त्यो पूरा नभए देखिएको छ। यति धेरै सवारीसाधन चोरी हुँदा आखिर प्रहरी महानिरीक्षकले कसरी भन्न सक्छन् सन्तोषजनक ?