नेभिगेशन
नेपाल प्रहरी

बाँकेको खजुरामा बेवारिसे अवस्थामा फेला परेका ९ वर्षीय बालकको प्रहरीद्वारा उद्धार

बाँके । बाँकेस्थित इलाका प्रहरी कार्यालय धनौलीले ९ वर्षीय बालकको उद्धार गरेर अभिभावकको जिम्मा लगाएको छ।

जिल्लास्थित  खजुरा गाउँपालिका-४  सृजना टोलीमा  बेवारिसे अवस्थामा फेला परेका ती ९ वर्षीय  बालकको अभिभावकलाई पत्ता लगाएर जिम्मा लगाएको इलाका प्रहरी कार्यालय धनौलीले जानकारी दिएको छ।

आज साँझ ८ स्थानीय लक्ष्मी मगरले फरक क्षमता भएको एक बालक बेवारिसे अवस्थामा हिडिरहेको जानकारी प्रहरीलाई दिए लगत्तै इलाका प्रहरी कार्यालय धनौलीको गस्ती टोलीले उनको उद्धार गरेको हो।

प्रहरीले खोजतलास गर्ने क्रममा ती बालक जानकी गाउँपालिका-६ गिठ्ठापुरका हरिदार हरिजनको छोरा रहेको खुल्न आएको इलाका प्रहरी कार्यालय धनौलीले जानकारी दिएको छ।

प्रहरीले ती बालकका अभिभावाकलाई प्रहरी कार्यालयमा बोलाएर आज नै जिम्मा लगाएको इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ।

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्