नेभिगेशन
सुरक्षा अपडेट

बिरामी लिएर काठमाडौं जाँदै गरेको जीप दुर्घटना, आमाछोरासहित ३ जनाको मृत्यु

ओखलढुंगा  । बिरामी बोकेको जीप दुर्घटना हुँदा ओखलढुंगामा तीन जनाको मृत्यु भएको छ।

जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका-७ मा ना१ज ६४२१ नम्बरको जीप सडकदेखि १ सय मिटर तल खसेर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको ओखलढुंगा प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार खोटाङ  सदरमुकाम दिक्तेलबाट बिरामी लिएर काठमाडौं जाँदै  गरेको जीप ओखलढुंगामा दुर्घटना हुँदा  खोटाङको कोपिलासगढी गाउँपालिकाका तीन जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा ५६ वर्षीया मायादेवी गुरुङ, उनका छोरा सुजन गुरुङ र आफन्त ४५ वर्षीय तारा गुरुङ रहेका छन्। मायादेवीले छोरा बिरामी भएपछि तारालाई लिएर काठमाडौं आउदै थिइन् ।

प्रहरीले उक्त जीप गए राति नै दुर्घटना भएको हुन सक्ने बताएको छ। आज बिहान स्थानीयहरुले जीप दुर्घटना भएको खबर गरे लगत्तै पुगेको प्रहरीले दुर्घटनाग्रस्त जीपमा मायादेवीसहित तीन जनालाई मृत अवस्थामा फेला पारेको थियो।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्