नेभिगेशन
नेपाल प्रहरी

अमेरिका र क्यानडा पठाउने भन्दै करोडौं रुपैयाँ ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं वैदेशिक रोजगारीमा अमेरिका र क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले दुई  जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१ घर भई हाल काठमाडौं टोखा नगरपालिका-६ बस्ने २५ वर्षीय भुवन कार्की र काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-३ बस्ने ४२ वर्षीय नितेश पोखरेल रहेका छन् । 

पक्राउ परेकामध्ये भुवनले अमेरिका पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट १ करोड रूपैयाँ र नितेशले क्यानडा पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट १२ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय उनीहरुलाई पक्राउ गरेको हो।

अपराध अनुसन्धानको टोलीले भुवनलाई काठमाडौं महानगरपालिका-१२ बाट र नितेशलाई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-३ बाट पक्राउ गरेको जानकारी दिएको छ।

पक्राउ परेका भुवनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं र नितेशलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्