नेभिगेशन
नेपाल प्रहरी

सुदूरपश्चिमबाट लागुऔषधसहित ५ जना कारोबारी प्रहरीको नियन्त्रणमा

काठमाडौं   प्रहरीले सुदूरपश्चिमका विभिन्न स्थानबाट लागुऔषधसहित ५ जना लागुऔषध  कारोबारीलाई पक्राउ गरेको छ।

जसअन्तर्गत प्रहरीले अछामको मंगलसेन नगरपालिका-३ स्थित बस्पार्कबाट २ सय ८० मिलिग्राम  खैरो हेरोइन सहित कैलाली जानकी गाउँपालिका-१ बस्ने २२ वर्षीय रोहित बिकलाई पक्राउ गरेको छ । प्रहरी चौकी मंगलसेनबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

त्यसैगरी कैलालीकै धनगढी उपमहानगरपालिका-७  मनेहराबाट नियन्त्रित लागूऔषध नाईट्राभेट १७ ट्याब्लेट सहित सोही ठाउँ बस्ने २९ वर्षीय सचिन सिंहलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो। 

यस्तै प्रहरीले कैलालीकै टीकापुर नगरपालिका-९ खक्रौलाबाट ४ सय ४० मिलिग्राम खैरो हेरोइन सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लम्कीचुहा नगरपालिका-१ बस्ने २१ वर्षीय समिर चौधरी र २१ वर्षीय आकाश तिमिल्सिना रहेका छन् । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

प्रहरीले कैलालीकै धनगढी उपमहानगरपालिका-३ पक्की कुवा नजिकबाट ४० मिलिग्राम  ब्राउनसुगर सहित सोही उपमहानगरपालिका वडारा बस्ने ३४ वर्षीय सुरेश चौधरीलाई पक्राउ गरेको छ । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालय आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको  छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्