नेभिगेशन
नेपाल प्रहरी

घोराहीबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ, पल्सर मोटरसाइकल पनि नियन्त्रणमा

दाङ । दाङको घोराहीबाट लागुऔषध ब्राउन सुगरसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङले घोराही उपमहानगरपालिका-१३ सुनगाभा टोलमा लागुऔषधको कारोबार भइरहेको विशेष सूचनाका आधारमा दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा राप्ती गाउँपालिका-३ मसुरिया घर भई घोराही-१३ प्रगतिटोल बस्दै आएका  २२ वर्षीय चिन्तन केसी र १३ घोर-१३ डुम्मरगाउँका १९ वर्षीय मनोज बुढामगर रहेको जिल्ला प्रहरी दाङले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय दाङले दिएको जानकारी अनुसार चिन्तनको साथबाट प्लास्टिक निकालिएको १९० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको हो । चिन्तनले दायाँ खुट्टाको जुत्ता भित्र लुकाएर राखेको अवस्थामा ब्राउन सुगर फेला बरामद भएको थियो।  

त्यसैगरि, मनोजको साथबाट प्रहरीले ६८० मिलिग्राम ब्राउन सुगर बरामद गरेको जनाएको छ। प्रहरीले ब्राउन सुगर सहित उनीहरु सवार  लु १८ प ३७७० नम्बरको पल्सर मोटरसाइकललाई समेत नियन्त्रणमा लिएको जनाएको छ।

बिहीवार राति पक्राउ परेका दुबै जनासँग थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्