नेभिगेशन
नेपाल प्रहरी

नेपालगन्ज घरबारी टोल बलात्कार घटना: मुद्दा नम्बर ३७८ ' पक्राउ पुर्जी जारी हुँदै '

नेपालगन्ज । बाँकेको नेपालगन्जमा होटेल सन्चालन गरेर बस्दै आएकी ३५ वर्षीया महिलालाई चीनजानकै एक युवकले बलात्कार गरेका छन् । 

माघ ६ गते राति नेपालगन्ज-२ घरबारी टोलीस्थित ती महिलाको कोठामै गएर कास्कीको दुलुङ नगरपालिका घर भएर हाल नेपालगन्ज-६  बस्दै आएका ३८ वर्षीय प्रकाश सुनारले बलात्कार गरेको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ। बलात्कारपछि पिडक प्रकाश फरार भएको जिल्ला प्रहरी बाँकेले जनाएको छ।

नेपालगन्जको घरवारी टोलमा नास्ता पसल गर्दै आएकी ती महिलालाई प्रकाशले माघ ६ गते राति कोठामै गएर बलात्कार गरेको भन्दै महिलाले जिल्ला प्रहरी कार्यालयमा मुद्दा  दर्ता गराएको बाँके प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी बाँकेले पीडित महिलाले खोलेको नास्ता पसलमा प्रकाश विगत एक वर्षदेखि आउने गरेको र त्यस रात महिलाको पिछा गर्दै कोठामा गएर बलात्कार गरेको पीडित महिलाले प्रहरीलाई जानकारी गराएको बताएको छ।

प्रहरीले महिलाको स्वास्थ्य परीक्षण पश्चात् प्रारम्भिक अनुसन्धानमा महिलालाई बलात्कार भएको बताएको छ।यता जिल्ला प्रहरी बाँकेले उक्त मुद्दा नम्बर ३७८ रहेको जानकारी दिएको छ।

आज मुद्दा प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरी बाँकेले फाइल जिल्ला सरकारी कार्यालय हुँदै जिल्ला अदालत बाँके लैजाने बताएको छ भमे प्रकाशविरुद्ध आजै पक्राउ पुर्जी जारी हुने प्रहरीले जानकारी दिएको छ।

लगातारको दुई दिन बिदा भएका कारण मुद्दा प्रक्रियामा ढिलाई भएपनि पीडित महिलालाई न्याय दिने प्रक्रियाका लागि यसअघि नै अनुसन्धान  सुरु गरिसकेको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ।

 

 

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्