नेभिगेशन
सुरक्षा अपडेट

कोहलपुरमा ३ जना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, दुईको अवस्था गम्भीर

नेपालगञ्ज । बाँकेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

कोहलपुर नगरपालिका वडा नम्बर ३ बरदहवामा भे.१२ प।. ४२६८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा कोहलपुर १५ चौधरिया गाउँका २० वर्षीय अनुप कुमार थारुको मृत्यु भएको प्रहरीले जनाएको छ । 

मोटरसाइकलमा तीन जना सवार मध्ये दुई जना गम्भीर घाइते भएका  छन् । घाइते कोहलपुर १५ कै इसम थारु र जीवन थारुको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

प्रहरीका अनुसार निर्माणाधीन नालीको कल्भर्टमा मध्यराती मोटरसाइकल ठोक्किएको थियो । 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्