नेभिगेशन
विपद

डढेलो रोक्न डोल्पा जिल्लाभर घरदैलो सचेतना कार्यक्रम

डोल्पा जिल्ला प्रहरी कार्यालय डोल्पा र डिभिजन वन कार्यालयको सहकार्यमा वन डढेलो रोकथाम तथा नियन्त्रण सम्बन्धी घरदैलो सचेतनामुलक कार्यक्रम गरिएको छ।

सचेतना कार्यक्रम गर्दै वनमा डढेलो लाग्न नदिन सबै नागरिलाई सचेत हुन डोल्पा प्रहरी डिभिजन वन कार्यालयले आग्रह गरेको छ ।

जिल्लाको अधिकांश  वन डढेलोको उच्च जोखिममा रहेकाले सबैलाई सर्तक र सुरक्षा अपनाउन आग्रह गरिएको हो ।

डढेलोले जनधन, वन र जैविक विविधता तथा पारिस्थितिक प्रणालीमा समेत क्षति गर्ने हुँदा यसको रोकथाममा उपभोक्ता, वन हेरालु र वन उपभोक्ताको उपसमितिसँग सहकार्य गरी सचेतना कार्यक्रम गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ।

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्