नेभिगेशन
नेपाल प्रहरी

नेपालगन्ज बलात्कार घटना:आरोपीलाई पक्राउ गर्न निर्देशन,पीडितलाई बारम्बार धम्की

बाँके । बाँकेको नेपालगन्जमा होटेल सन्चालन गरेर बस्दै आएकी ३५ वर्षीया महिलामाथि भएको बलात्कार घटनाका आरोपीलाई तत्काल पक्राउ गर्न गृहमन्त्री रमेश लेखकले लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र  बाँके प्रहरीलाई निर्देशन दिएका छन् ।

माघ ६ गते राति नेपालगन्ज-२ घरबारी टोलीस्थित ती महिलाको कोठामै गएर कास्कीको दुलुङ नगरपालिका घर भएर हाल नेपालगन्ज-६  बस्दै आएका ३८ वर्षीय प्रकाश सुनारले बलात्कार गरेको पीडित पक्षले बताएको छ।

बलात्कार घटनापछि प्रकाश फरार रहेको बताइएको छ।आरोपी प्रकाशले ती पीडित महिला र परिवारलाई बारम्बार फोन मार्फत धम्की दिदै आइरहेको पीडित परिवारले बताएका छन्। गृहमन्त्रीले  प्रदेश प्रहरी कार्यालयलाई बाँकेको घटनाको बारेमा जानकारी गराएपछि तत्काल आरोपीलाई पक्राउ गर्न बाँके प्रहरीलाई समेत निर्देशन दिएका छन्  ।

ती महिलालाई प्रकाशले माघ ६ गते राति कोठामै गएर बलात्कार गरेको भन्दै महिलाले दिएको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेले हिजो मात्रै  मुद्दा दर्ता गरेको हो।

पीडित महिलाका तर्फबाट काठमाडौंमा रहेका महिला सांसदहरुले घटनाबारे आज ध्यानाकर्षण गराएपछि तत्काल घटनाको विस्तृत अनुसन्धान गर्न र आरोपीलाई पक्राउ गर्न गृहमन्त्रीले आदेश दिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेले आज मुद्दा प्रक्रिया अगाडि बढाउन फाइल जिल्ला सरकारी कार्यालय हुँदै जिल्ला अदालत बाँके लैजाने बताएको छ भने प्रकाशविरुद्ध आजै पक्राउ पुर्जी जारी हुने प्रहरीले जानकारी दिएको छ।

प्रकाश नेपालगन्जमै रहेको र उनले ती पीडित महिलालाई गरेको यस्तो जघन्य अपराधमा पक्राउ पुर्जी जारी नगरी सिधै पक्राउ गर्न सकिने नेपालगन्जका सिनियर पत्रकारहरु बताउँछन् ।

जिल्ला प्रहरी बाँकेका अनुसार पीडित महिलाले खोलेको नास्ता पसलमा प्रकाश विगत एक वर्षदेखि आउने गरेको र त्यस रात महिलाको पिछा गर्दै कोठामा गएर बलात्कार गरेको पीडित महिलाले प्रहरीलाई जानकारी दिएको छ।

प्रहरीले महिलाको स्वास्थ्य परीक्षण पश्चात् प्रारम्भिक अनुसन्धानमा महिलालाई बलात्कार भएको बताएको छ।यता जिल्ला प्रहरी बाँकेले उक्त मुद्दा नम्बर ३७८ रहेको जानकारी दिएको छ।

ती पीडित महिलालाई प्रहरी न्याय दिनुको साटो पीडकलाई बचाउन लागेको भन्दै चौतर्फी आलोचना समेत भइरहेको छ। स्थानीयहरु भन्छन् - बलात्कार जस्तो जघन्य अपराधमा संलग्नलाई पक्राउ गर्न गृहमन्त्री नै आदेश नै कुर्ने पर्ने? 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्