नेभिगेशन
नेपाल प्रहरी

बढैयाताल गाउँपालिकाबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ

बर्दिया। बर्दियामा लागुऔषधसहित दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्लास्थित बढैयाताल गाउँपालिका=८ साघुनघारीबाट ४ सय ७० मिलिग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ।

बर्दिया प्रहरीका अनुसार पक्राउ पर्नेमा सोही गाउँपालिका-८ नयाँबस्ती का २४ वर्षीय शिव गौतम र २४ वर्षीय सुमन थारू रहेका छन् ।

प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरी टोलीले गए राति भारतबाट नेपालतर्फ साइकलमा आँउदै गरेका उनीहरूलाई ब्राउन सुगर सहित पक्राउ गरेको बर्दिया प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरुसँग लागुऔषध कसुरमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्