नेभिगेशन
सशस्त्र प्रहरी

श्रोत नखुलेको लाखौं भारतीय रुपैयाँसहित रोल्पाका टिके सशस्त्र प्रहरीको नियन्त्रणमा

काठमाडौं। सशस्त्र प्रहरीले श्रोत नखुलेको पौने ७ लाख भारतीय रुपैयाँ बढीसहित एक जनालाई पक्राउ गरेको छ।

सशस्त्र प्रहरीको कञ्चनपुरस्थित प्रस्तावित सीमा सुरक्षा गुल्मको टोलीले  जिल्लाको भिमदत्त नगरपालिका–१० गड्डाचौकीबाट श्रोत नखुलेको ६ लाख ८८ हजार भारतीय रुपैयाँसहित रोल्पाका टिके विकलाई पक्राउ  गरेको सशस्त्र प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

सशस्त्र प्रहरीका अनुसार प्रस्तावित सीमा सुरक्षा गुल्म गड्डाचौकी र ईलाका प्रहरी कार्यालय गड्डाचौकीको संंयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका रोल्पा जिल्लाको रोल्पा नगरपालिका–५ बस्ने ४५ बर्षिय टिके विकलाई शंका लागि चेकजाँच गर्ने क्रममा श्रोत नखुलेको भारतीय रुपैयाँ फेला परेपछि सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरीले बिहीवार साँझ  पक्राउ गरेका विकलाई बरामद गरिएको रुपैयाँसहित आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुर बाँके पठाएको जानकारी दिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्