नेभिगेशन
अदालत

आशिका तामाङलाई २० हजार धरौटीमा छाड्न भक्तपुर अदालतको आदेश

काठमाडौं । भक्तपुर जिल्ला अदालतले आशिका तामाङलाई २० हजार धरौटीमा रिहा गर्न आदेश दिएको छ।

भक्तपुरका न्यायाधीस सन्तोषप्रसाद पराजुलीले आपराधिक उपद्रव गर्न नहुने कसुरमा आशिकालाई आज धरौटीमा छाड्ने आदेश दिएका हुन् । 

आफूलाई सामाजिक अभियन्ता दाबी गर्ने आशिकाले साँगास्थित झोलुंगे पुलमा प्रवेश गर्नेहरूसँग सूर्यविनायक नगरपालिकाले २० रुपैयाँ कर संकलन गर्दै आउँदा त्यसको विरोध गर्दै कर्मचारीहरूबाट रसिद खोसेर जलाएकी थिइन् । 

आशिकाविरुद्ध सूर्यविनायक नगरपालिकाले नै दिएको जाहेरीका आधारमा प्रहरी वृत्त जगाते भक्तपुरले  अनुसन्धान गरेर प्रहरी प्रतिवेदन बुझाएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्