नेभिगेशन
भ्रष्टाचार

भ्रष्टाचारका ठुला फाइल खुल्न थालेपछि कसैलाई जोगाउने खेल भएको हो: गृहमन्त्री

काठमाडौं । भ्रष्टाचारका ठुला फाइल खोल्न थालेपछि निश्चित ठुका व्यक्तिलाई जोगाउन रातारात सत्ता समीकरण फेरबदल हुन लागेको गृहमन्त्री रवि लामिछानेले बताएका छन् ।

आज पार्टीको पदाधिकारी बैठकपछि लामिछानेले सो प्रतिक्रिया दिदै ठुला भ्रष्टाचारका फाइल खोल्छु भन्ने बित्तिकै ठुला बडाहरु अत्ताल्लिएर सरकार फेरबदल गर्न खेलमा लागेको बताएका हुन् ।

'एकाएक देशको राजनीतिक माहोलमा जे भएको छ, त्यो त केही भन्नैपर्ने नै छैन, यसले सबै कुरा प्रष्ट देखाएक छ नि?' लामिछानेले भने।

कसैलाई इन्किन्त गर्दै उनले भने-' संविधान जोगाउने खोजेको कि कसैलाई बचाउन खोजेको? त्यति पनि नबुझ्ने होर।'

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्