नेभिगेशन
नेपाल प्रहरी

मानव बेचबिखनमा संलग्न रहेको आरोपमा ४ जना पक्राउ, दुई महिलाको उद्धार

पर्सा मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा भारत विहार राज्य छपरा थाना मडहौरा ग्राम पञ्चायत बरदहिया-११ बस्ने ३५ वर्षीय मनेजर राय, महोत्तरी भंगहा नगरपालिका-२ टिकुलिया बस्ने ३२ वर्षीया सुक्राती चौधरी, ओखलढुंगा घर भएका ३३ वर्षीय दिपेश राई र बारा जीतपुरसिमरा उपमहानगरपालिका-१४ बस्ने ३८ वर्षीया मिरा कुमारी महतो रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय पर्सा तथा प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको संयुक्त टोलीले वीरगंज महानगरपालिका-१६ स्थित सञ्चालनमा रहेका होटलहरूमा जाँच गर्ने क्रममा राम्रो आम्दानी हुने काममा लगाईदिने भनेर प्रलोभनमा पारी होटलमा आएका ग्राहकहरूसँग शारीरिक सम्पर्क राख्न लगाई वेश्याबृत्तिमा लगाउने कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

प्रहरीले  दुई जना महिलाको उद्धार समेत गरेको  प्रहरी प्रधान कार्यालयले जनाएको छ।

पर्सा प्रहरीले उनीहरूविरुद्ध मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन, २०६४ बमोजिमको कसुरमा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्