नेभिगेशन
नेपाल प्रहरी

प्युठानमा ६८ वर्षीय वृद्धको हत्या, चार जना पक्राउ

प्युठान । धारिलो हतियार प्रहार गरेर प्युठान एक जना जेष्ट नागरिकको हत्या भएको छ ।जिल्लास्थित गौमुखी गाउँपालिका-५ का ६८ बर्षीय वृद्ध चिन्तामणी उपाध्यायको हत्या भएको अबस्थामा शब फेला परेको प्युठान प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार स्थानीय खुमबाट नारिकोट जाने भित्री बाटोमा चिन्तामणीको हत्या गरिएको अवस्थामा शब फेला परेको जानकारी दिएको छ।

चिन्तामणीको अनुहारमा गहिरो चोट लागेको अवस्थामा शव फेला परेको थियो । उनीमाथि घरेलु हतियार वा कुनै गह्रौं बस्तुले प्रहार भएको हुन सक्ने प्रहरीले जानकारी दिएको छ।

शुक्रबार मृत फेला परेका चिन्तामणी हत्या घटनामा प्रहरीले चार जना ब्यक्तिलाई अनुसन्धानका लागि नियन्त्रणमा  लिएको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्