नेभिगेशन
नेपाल प्रहरी

नक्कली डीएसपी बनेर ठगी गर्दै हिडेका धनिकलाल परे सक्कलीको फन्दामा

काठमाडौं । नेपाल प्रहरीको नक्कली डीएसपी बनेर ठगी गरेको अरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

धनुषा प्रहरीले नक्कली डीएसपी बनेर ठगी गरेको आरोपमा सिराहास्थित लाहान नगरपालिका-२० का ३० वर्षीय धनिकलाल साह (दिपक)लाई पक्राउ गरेको हो।

दीपकलाई इलाका प्रहरी कार्यालय ढल्केबरबाट खटिएको टोलीले जिल्लाको गणेशमान चारनाथ नगरपालिका-४ देखि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ।

प्रहरीले दिएको जानकारी अनुसार गणेशमान चारनाथ नगरपालिकाका रमेश श्रेष्ठले दीपकले डीएसपी भनेर धम्की दिएर ५० हजार रुपैयाँ ठगी गरेको उजुरीका आधारमा पक्राउ उनलाई ढल्केबर प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका नक्कली डीएसपी दीपकविरुद्द धनुषा प्रहरीले अदालतबाट म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको जानकारी दिएको छ।

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्