नेभिगेशन
नेपाल प्रहरी

नेपालगन्जबाट चोरी भएको मोटरसाइकल फेला पार्दै सवारीधनीलाई बुझायो वडा प्रहरी कार्यालयले

नेपालगन्ज । नेपालगन्जको कारकाँदो नजिकबाट चोरी भएको मोटरसाइकल वडा प्रहरी कार्यालय नेपालगन्जले फेला पारेर सवारी धनीलाई बुझाएको छ।

माघ १० गते नेपालगन्ज-१८ कारकाँदोस्थित सडक विभाग नजिकबाट पार्किङ गरिराखेको कैलालीको लम्कीचुहा-७ का गणेश प्रसाद थारुको सु.प. ०१-००८ प ६०५९ नम्बरको मोटरसाइकल चोरी भएको थियो।

गणेशले मोटरसाइकल चोरी भएको निवेदन दिए पश्चात् वडा प्रहरी कार्यालय नेपालगन्जबाट खोजतलासमा खटिएको टोलीले उक्त मोटरसाइकल नेपालगन्जबाट फेला पारेको जानकारी दिएको छ। 

फेला परिएको मोटरसाइकललाई आज आबश्यक कागजात जाँचपछि सम्बन्धित धनी गणेशलाई बुझाइएको वडा प्रहरी कार्यालय नेपालगन्जले जनाएको छ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्