नेभिगेशन
सशस्त्र प्रहरी

बाँकेको शम्शेरगन्जमा सशस्त्र प्रहरीले गर्‍यो लागुऔषध दुर्व्यसनीविरुद्ध सचेतनामूलक सडक नाटक

बाँके । सशस्त्र प्रहरीले बाँकेको राप्तीसोनारी गाउँपालिकामा लागुऔषध दुर्व्यसनविरुद्ध सचेतनामूलक सडक नाटक कार्यक्रम गरेको छ।

लागुऔषध दुर्व्यसनरहितको समाज निर्माणका लागि भन्दै सशस्त्र प्रहरी बल नं. ४२ रिजर्भ गण शम्शेरगन्जले आज राप्तीसोनारी-८ स्थित शम्शेरगन्ज बजारको जिरो चोकमा सचेतनामूलक सडक नाटक गरेको हो।

सशस्त्र प्रहरीले समाज सेवा संस्था कोहलपुर बाँकेको सहकार्यमा विद्यालय तथा समूदायमा लागूऔषध दुव्र्यसन सम्बन्धी सडक नाटक अभिमुखिकरण कार्यक्रमको आयोजना गरेको सशस्त्र प्रहरी बल नं.४२ रिजर्भ गणले जानकारी दिएको छ।

आज गरिको लागुऔषध दुर्व्यसनविरुद्ध सचेतनामूलक सडक नाटकमा सशस्त्र प्रहरी नायव उपरीक्षक छविलाल रावतको कमाण्डमा ३५ जनाको टोलीको सहभागिता रहेको थियो ।

त्यसैगरी कार्यक्रममा राप्तीसोनारी गाउँपालिका–८ का वडाध्यक्ष, समाज सेवा संस्था कोहलपुर, शिवशक्ति माध्यमिक विद्यालय पेरानी, गौतम इ.मी.बोर्डिङ स्कुल शम्शेरगन्जका शिक्षक तथा विद्यार्थीहरुलगायत स्थानीय लगायत दुई सय बढीको सहभागिता रहेको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्